२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबलमा मंगलबार दुई खेल हुँदै

२०८० आश्विन ९, मंगलबार मा प्रकाशित ( साल अघि) २३३ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ९ असोजः बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता अर्न्तगत मंगलबार पनि दुई खेल हुँदैछ । पहिलो खेल फ्रिडम फाईटर क्लब काठमाण्डौ र एन.जे.जे.वाई.सि भेट्रान क्लब सिमराविच हुनेछ भने दोश्रो खेल चावहिल भेट्रान क्लब काठमाण्डौ र चितवन भेट्रान फुटबल क्लब बिच हुने आयोजक क्लबका अध्यक्ष राज कपुर राउत विजयले जानकारी दिनुभयो ।
यसैवीच सोमबार भएको प्रतियोगितामा चितवन भेट्रान फुटबल क्लब र चावहिल भेट्रान क्लबले विजयी शुरुवात गरेको छ । सिमरा रंगशालामा भएको दोश्रो खेलमा चितवन र चावहिल भेट्रानले विजयी भएको हो ।
पहिलो खेलमा विरगञ्ज युथ एकेडेमी पर्सालाई १–० गोल अन्तरले पराजित गर्र्दै चितवनले विजयी शुरुवात गरेको थियो । चितवनको जितमा मेघलाल तामाङले खेलको ५८औ मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गरेका तामाङ नै म्यान अफ द म्याच घोषित हुनुभएको थियो । उहाँलाई आयोजक सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउत विजयले म्यान अफ द म्याचको ट्रफी प्रदान गर्नुभएको थियो ।
त्यसैगरी प्रतियोगिताअर्न्तगत सोमबार भएको दोश्रो खेलमा चावहिल भेट्रान क्लब काठमाण्डौ विजयी भएको छ । दार्जिलिङ टाउन भेट्रान भारतलाई ३–० गोल अन्तरले पराजित गर्दै चावहिलले विजयी शुरुवात गरेको हो । चावहिलको जीतमा कृष्ण मालाकारले २ गोल गर्नुभएको थियो । त्यसअघि पहिलो हाफको २६औँ मिनेटमा शिशिर बहादुर हमालले शुरुवाती गोल गर्नुभएको थियो । प्रतियोगिता अर्न्तगत मालाकार म्यान अफ द म्याच घोषित हुनुभयो । उहाँलाई यूआर गोल्ड प्रिमियम मसला चियाकी सञ्चालिका रिता कँडेलले ट्रफी प्रदान गर्नुभएको थियो ।
स्व. मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजित प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले नगद २ लाख र उप बिजेताले नगद १ लाख रुपैया पाउने प्रतियोगिता संयोजक हरी चौधरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु