२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

घण्टीमाईमा नयाँ समिति निर्विरोधः अध्यक्ष पदमा पुनः सिंखडा निर्वाचित

२०८० आश्विन १५, सोमबार मा प्रकाशित ( साल अघि) ४३६ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १५ असोजः घण्टीमाई साकोसको अध्यक्ष पदमा पुनः कोपिला सिंखडा निर्विरोध निर्वाचित हुनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारण सभा तथा अधिवेशनले पुनः सिखडासहित कार्यसपदाधिकारीलाई निर्विरोध निर्वांचित गरेको हो ।
निर्वाचित कार्यसमितिको उपाध्यक्षमा भुवप्रसाद ढकाल, सचिवमा त्रिलोक विक्रम शाह, सहसचिव सुकदेव िंसखडा, कोषाध्यक्षमा कमल पौडेल निर्विरोध हुनुभएको छ । यसैगरी सदस्यहरुमा तोयनाथ लुइटेल, माधवप्रसाद सापकोटा, रुद्रप्रसाद खतिवडा, प्रेमकुमारी ढकाल, सुशिला खनाल अधिकारी, सुधा ओली, पुनम कुमारी चौधरी र निल सिग्देल खड्का निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसैगरी लेखा सुपरीवेक्षण समितिका संयोजकमा नवराज न्यौपाने, सदस्यहरुमा सविता तिवारी र जानुका भण्डारी निर्वाचित हुनु भएको निर्वाचन अधिकृत डम्बर खड्काले जानकारी दिनुभयो । नव निर्वाचित समितिको सपथ तथा पदभार कार्यक्रम यही असोज २० गते हुने निर्वाचन मण्डलले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु