२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा महिला साकोसको १६ औँ वार्षिक सभा सम्पन्न ,खरेलको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन

२०८० आश्विन २७, शनिबार मा प्रकाशित ( साल अघि) ६२३ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २७ असोजः नमुना सहकारी सिमरा महिला साकोसको १६ औँ वार्षिक साधारण सभाले मुना खरेलको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ । शनिबार भएको वार्षिक सभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भिमादेवी शर्मा, सचिवमा गीता शर्मा सहसचिव निलम चौधरी , कोषाध्यक्ष सनम पौडेल र सदस्यहरुमा सावित्री बि क, किरण कुमारी, शान्ताकुमारी गौतम, सुस्मिता ढकाल, ईश्वरी ढकाल, भगवतीया चौधरी, त्यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजकमा उर्मिला सापकोटा, सुमित्रा तिमल्सेना, सरिता पौडेल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक सुधन चौधरीले जानकारी दिनुभयो ।

1697292899102
उद्घाटन सत्र
जिल्लाकै नमुना सहकारीको रूपमा स्थापित सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । मधेश प्रदेश सांसद मञ्जु थापाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिकाका सहकारी प्रमुख सुदन चोधरी, जिल्ला सहकारी सँघका प्रतिनिधि मुकुन्दबहादुर क्षेत्री, नेपाली काँग्रेसका केन्द्रीय सदस्य निरु रायमाझी, हातमालो साकोसका सञ्जयकुमार साह, औराहा पशुपालन सहकारीका रमेश खरेल, औराहा उपभोक्ता सहकारीका पूर्णचन्द्र तिमल्सेना, घण्टीमाइ साकोसका तोयनाथ लुइटेल, संगालो साकोसका रत्न प्रसाद उप्रेती,साकोसका संस्थापक अध्यक्ष पुण्यवति कँडेल, जनकल्याण वचत तथा ऋण सहकारीका कृष्ण रिमाल, सञ्चारकर्मी उपेन्द्र ठाकुरलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष अनिता लम्सालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

1697288191374

त्यस्तै संस्थाका कोषाध्यक्ष गीता शर्माले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समिति संयोजक सरस्वती गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट वचतकर्ता, उत्कृष्ट कारोवारकर्ता, उत्कृष्ट समूह, उत्कृष्ट समाजसेवीहरुलाई पुरस्कृत गरिएको थियो ।

1697288232787
संस्थाका अध्यक्ष लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष मुना खरेलको स्वागत मन्तव्य रहेको थियो भने संस्थाका सहसचिव संगीता भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

श्रद्धाञ्जलि

1697288151410
कार्यक्रममा सहकारी अभियन्ता एवं जीतपुरसिमराका प्रथम मेयर डा. कृष्ण पौडेलको दिवंगत आतमाको चीर शान्तिको कामनासहित तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु