२०८१ आश्विन २७, आईतबार
सयपत्री समाचारदाता
सिमरा, २८ असोजः नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ भने डिजेल पाँच रुपियाले घटेको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।
नेपाल आयल निगमका अनुसार स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्ने जनाइएको छ ।