२०८१ माघ ९, बुधबार
नयाँ
पछिला अपडेट

नवौँ राष्ट्रिय स्क्रयाबल प्रतियोगिताको औपचारिक उद्घाटन

२०८० कार्तिक १७, शुक्रबार मा प्रकाशित ( साल अघि) ४४८ पाठक संख्या

सीता अधिकारी
सिमरा, १७ कात्तिकः नवौँ राष्ट्रिय स्क्रयाबल प्रतियोगिताको शुक्रबार बाराको सिमरामा उद्घाटन गरिएको छ । शनिबार हुने प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले पानसमा बत्ती बालेर गर्नुभएको हो । कार्यक्रममा विभिन्न विद्यालयले साँस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पहिलो पटक स्क्रयाबल गीत प्रस्तुत गरिएको थियो । जीतपुरसिमरा उपमहानगरपालिका तथा बारा सिमराका नौवटा संस्थागत विद्यालयको सहकार्यमा लोटस एकेडेमी सिमराले राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो ।
लोटस एकेडेमीका संस्थापक एवं प्रधानाध्यापक रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्क्रयाबल क्लबका केन्द्रीय अध्यक्ष केशवप्रसाद पराजुली, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४ का वडाध्यक्ष चयन गुरुंग, वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेल, निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्क्रयाबल क्लबका जिल्ला संयोजकहरु, विभिन्न जिल्लाका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्क्रयाबल क्लब बाराका संयोजक भोजराज सुवेदीको स्वागत रहेको थियो भने सञ्चालन लोटस एकेडेमी सिमराका शिक्षक रामप्रसाद पोख्रेलले गर्नुभएको थियो । प्रतियोगिता शनिबार हुनेछ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु