२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराको वडा नं १४ ले दियो निस्सा, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरु खुसी भए

२०८० कार्तिक २१, मंगलबार मा प्रकाशित ( महिना अघि) ४०५ पाठक संख्या

सीता अधिकारी
सिमरा, २१ कात्तिकः भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित वसोवासीहरुलाई मंगलबार निस्सा वितरण गरिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४ का भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित वसोवासीहरुलाई एक कार्यक्रमका विच निस्सा वितरण गरिएको हो । निस्सा पाएपछि स्थानीय खुसी भएका छन् ।

1699372156112
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४ का वडाध्यक्ष एवं भूमिहीन तथा अव्यवस्थित वसोवासी ब्यवस्थापन सहजीकरण समितिका अध्यक्ष चयन गुरुंगको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता पुरुषोत्तम पौडेल, मधेशप्रदेश सभा सदस्य मञ्जु थापा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, भूमिसम्बन्धी समस्या समाधान आयोग बारा जिल्ला सदस्य मेहीलाल दासलगायतले जग्गा अफ्नो नाममा नभएका, वर्षौँदेखि भोगचलन गर्दै आएको तर आफ्नो नाममा नरहेको अव्यवस्थित बसोबासीहरुलाई निस्सा प्राप्त गरेकोमा बधाइ दिँदै सरकारले कानुनी प्रावधान अनुसार जग्गा र पूर्जा उपलब्ध गराउन पहल गरिरहेको बताउनुभयो । उहाँहरुले निस्साले जग्गाधनी पुर्जाका लागि एउटा प्रमाणको रुपमा काम गर्ने समेत बताउनुभयो ।

1699372104821
कार्यक्रममा समाजसेवी किशोर शर्मा, नेकपा एमाले बाराका नेता अध्याननद पाण्डे, झपेन्द्र बराल, वडा सदस्य यमनाथ ढकाल, तेजनारायण चौधरी, गीता सार्की, वडा स्तरीय सहजीकरण समितिका सदस्यहरु सुमनाथ अधिकारी, मुकुन्दराज रिजाल, रुद्रप्रसाद न्यौपाने, कपिल खरेल, दीपक दाहाल, राजविजेश महतो, धर्मानन्द पाण्डेलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव रञ्जु अधिकारीले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु