२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सामाजिक सुरक्षा कोषसँगको सम्झौता, जीतपुरसिमरा सम्मानित

२०८० मंसिर ११, सोमबार मा प्रकाशित ( महिना अघि) ३६८ पाठक संख्या

सयपत्री समाचरदाता
सिमरा, ११ मंसिरः जीतपुरसिमरा उपमहानगरपालिकाले सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकहरुलाई सहयोगदान गर्न कोषसँग सम्झौता गरेको छ । सामाजिक सुरक्षा दिवसको अवसर पारेर सोमबार उपमहानगरले सामाजिक सुरक्षा योजनालाई पालिकास्तरमा कार्यान्यवन तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई पालिकाबाट सह–योगदान गर्न सम्झौता गरेको हो ।
जीतपुरसिमरा सम्मानित
यसैसन्दर्भमा जीतपुरसिमरा उपमहानगरपालिकालाई सामाजिक सुरक्षा कोषले सोमबार काठमाडौंमा सम्मान गरेको छ । छैठौं सामाजिक सुरक्षा दिवसका अवसरमा कोषले उपमहानगरपालिकालाई सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपमहानगरपालिकाका प्रमुख राजन पौडेललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सिमरामा अन्तरक्रिया
सामाजिक सुरक्षा कोष मधेसप्रदेश सिमराले सामाजिक सुरक्षा दिवस अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । स्थापनाको छैटौँ वर्ष प्रवेश गरेको अवसरमा कोषले सोमबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सामाजिक सुरक्षा दिवस २०८० मनाएको हो ।
कार्यक्रममा उपमहानगरका उपप्रमुख भोला अधिकारीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा कोषका लागि वजेट छुट्याउने धारणा राख्नुभयो ।

1701075815955कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, जेटीयूसिसि मधेस प्रदेशका अध्यक्ष कमलेश झा, अखिल नेपाल औधोगिक मजदुर सँघका अध्यक्ष बेनी प्रसाद तिमल्सेना, घरेलु तथा साना उद्योग महासँघ मधेश प्रदेशका अध्यक्ष सत्य नारायण अग्रवाल, नेपाल ट्रेड यूनियन काँग्रेस मधेश प्रदेशका उपाध्यक्ष प्रदीप प्रसाद जैशवाल, एकीकृत ट्रेड यूनियन महासँघ प्रदेशका अध्यक्ष प्रेम सिंह, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, नेपाल कारखाना श्रमिक सँघका अध्यक्ष अमृतलाल जोशीलगायतको उपस्थिति रहेको थियो ।

1701075749554

सामाजिक सुरक्षा कोष मधेस प्रदेश सिमराका प्रमुख ऋषिराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कोषका सहायक निर्देशक दीपक भट्टको सञ्चालन रहेको थियो ।मधेस प्रदेशमा सिमरा शाखा स्थापना भएको एक वर्ष पूरा भएको छ । यस अवधिमा कोषमा मधेस प्रदेशका ८ सय ६५ रोजगारदाता कम्पनी जोडिएका छन् भने २३ हजार ६ सय ६६ जना श्रमिक आवद्ध भएका छन् ।
के हो सामाजिक सुरक्षा कोष ?
हेर्नुहोस् लिंकःhttps://sayapatrionline.com/2021/12/06/20219/?fbclid=IwAR2rIkwee_8TFrQSgGzXV7bFBeixk885HJGSHXCDt0cr1E3wC6ks2j8Vjak&mibextid=74UxLM

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु