२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अन्तर्राष्ट्रिय अपांगता दिवसमा रक्तदानका साथै विविध कार्यक्रम गरिने

२०८० मंसिर १२, मंगलबार मा प्रकाशित (0 महिना अघि) २६८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १२ मंसिरः अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा बाराको सिमरामा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । नेपाल अपांग सेवा सँघ बारा र जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा आउँदो शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिन लागिएको हो ।
अन्तर्राष्ट्रिय अपांगता दिवस ३ डिसेम्बरको अवसरमा यही मंसिर १६ गते दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धताः अपांगता भएका व्यक्तिको अप्नत्व र नेतृत्वसहित ऐक्यवद्धता भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल अपांग सेवा सँघ बाराका अध्यक्ष गंगा वाग्लेले जाकारी दिनुभयो । नेपाल अपांग सेवा सँघ बाराको कार्यालय हाताभित्र आयोजना गरिने रक्तदान कार्यक्रम शनिबार विशान ८ बजे देखि सुरु हुने बताइएको छ ।
यसैगरी मंसिर १६ गते आइतबार अपांगता भएका बालबालिकासँग खेलकुद कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रमलाई जेजेवाइसी बारा, नेत्रहिन युवा सँघ बारा, बहिरा सँघ बारा, लाइन्स क्लब अफ जीतपुरसिमरा, रोट्रा क्लब सिमरा, सिमरा जेशिसलगायतले सहयोग गर्ने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु