२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा रहेको नेपोभिट टायल्स कम्पनीमा भिषण आगलागी

२०८० मंसिर १७, आईतबार मा प्रकाशित (0 महिना अघि) ३२१ पाठक संख्या

सयपत्री समाचरदाता
सिमरा, १७ मंसिरः बाराको जीतपुरसिमरामा रहेको नेपोभिट टायल्स कम्पनीमा आइतबार भिषण आगलागी भएको छ । उपमहानगरको वडा नं ८स्थित रमौली रहेको कम्पनीमा आगलागीको हुँदा करौडौँको क्षति भएको बताइएको छ ।
नेपाल सेरामिक इन्डस्ट्रिको नेपोभिट टायल्स कम्पनीमा आगलागी आइतबार करिब ३ः३० बजेको समयमा आगो लागेको सोही कम्पनीमा कार्यरत कर्मचारीले बताएका छन् । आगोलागी भएको खबर प्राप्त भएको केही मिनेटमै जीतपुरसिमरा उपमहानगरको बारुणयन्त्र घट्नास्थलमा पुगेको थियो ।
एउटा बारुणयन्त्रले आगो नियन्त्रण नभएपछि थप चार बारुण यन्त्र बोलाएर आगो नियन्त्रणमा लिइएको थियो । जीतपुरसिमरा उपमहानगर र कलैया उपमहानगरको १/१, वीरगञ्ज महानगरको २ र नेपाल प्रहरीको १ गरी ५ बारुणयन्त्रको लगातार ३ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।
बिजुलीको सर्टसर्किटको कारण आगो लागेको हुन सक्ने बताइएको छ । आगो नियन्त्रणमा बारुणयन्त्रसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सोही कम्पनीमा कार्यरत कर्मचारीहरु खटिएका थिए । आगोलागीको घटना थाहा भएपछि जीतपुरसिमराका प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी, प्रशासकीय प्रमुख शिवजी प्रसाद , नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा, वडा नं ८ को वडाध्यक्ष शिवशंकर महतोलगायतले आगोलागीको घटनाले उद्योगमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको थियो ।
आगोलागीबाट कति क्षति भयो भन्ने वास्तविक विवरण आइनसकेको प्रहरीले जनाएको छ । आगलागीबाट कम्पनीमा रहेका टायल्स बनाउने कच्चा पदार्थ,कार्टुन, टायल्स, केही मेसिनसहित अन्य समान र उपकरणहरु जलेर नष्ट भएको कम्पनीका प्लान्ट इन्चार्ज बद्री कँडेलले जानकारी दिनुभयो ।

हेर्नुहोसः लिंक : https://sayapatrionline.com/2023/07/15/23110/?fbclid=IwAR0yfneHdDx8PZPkuzOCoDLGrkkgCb6KXmVB01tWmYoTV02Ljd21Vfn_pQY

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु