२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाराका वाग्ले हेम गंगा शारीरिक अपांगता प्रतिभा पुरस्कारबाट सम्मानित

२०८० मंसिर १८, सोमबार मा प्रकाशित (0 महिना अघि) ५७५ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १८ मंसिरः नेपाल अपांग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेलाई समाज कल्याण परिषद अन्तरगतको राष्ट्रिय अपांग कोषले हेम गंगा शारीरिक अपांगता प्रतिभा पुरस्कारले सम्मानित गरेको छ । अपागंता भएका व्यक्तिहरुको ३२ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा नेपाली समाजको सामाजिक, साँस्कृतिक तथा शैक्षिक उन्नतिका लागि क्रियाशिल भूमिका निर्वाह गरेको भन्दै परिषद अन्तरगतको कोषले १० हजार नगद पुरस्कारसहित दोसल्ला ओढाएर सम्मानित गरेको हो ।

1701699845510
सम्मान पत्रमा बारा जिल्ला निवासी गंगाप्रसाद वाग्ले आफू स्वंय शारीरिक अपांगता भएको व्यक्ति भएर पनि विषम परिस्थिति र चुनौतिहरुलाई सहज गर्दै शिक्षण पेसालगायत समाजिक क्षेत्रमा कार्यरत भएर अपांगता भएका व्यक्तिहरुका लागि उदाहरणीय प्रेरणाको स्रोत हुनुभएकोले राष्ट्रिय अपांग कोषको तर्फबाट हेम गंगा शारीरिक अपांगता प्रतिभा पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिनछ भनिएको छ । कोषका अध्यक्ष डेकराज भट्टराई को अध्यक्षतामा भएको कार्यक्रममा सहरी विकास मन्त्री सीता गुरुंग, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव सुमन राज अर्याललगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु