२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

नेपाल ट्रेड युनियन काङ्ग्रेस मधेस प्रदेशको दोस्रो बिस्तारित बैठक सम्पन्न

२०८० मंसिर २३, शनिबार मा प्रकाशित (0 महिना अघि) ३५२ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २३ मंसिरःनेपाल ट्रेड युनियन काङ्ग्रेस मधेस प्रदेशले आफ्नो समितिको दोस्रो बिस्तारित बैठक सम्पन्न गरेको छ । सप्तरीको राजविराजमा शनिवार सम्पन्न बैठकमा आठ जिल्लाका अध्यक्ष, केन्द्रीय प्रतिनिधि तथा प्रदेश समितिसमेतको सहभागिता रहेको थियो ।
बैठकमा चारवर्षे रणनीतिक योजना सुझाव संकलनको बिषयमा अन्तरक्रिया र मधेस प्रदेशमा ट्रेड युनियनको संगठन बिस्तार, समस्या र चुनौतिको बिषयमा छलफल भएको थियो ।जिल्ला अध्यक्षहरुवाट आठ जिल्लामा चारवर्षमा प्रदेश र केन्द्रले के कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा प्रत्येक जिल्ला अध्यक्षको धारणालाई बुँदागत टिपोट गरिएको थियो ।
यसैसन्दर्भमा बारा जिल्ला ट्रेड युनियनका जिल्ला अध्यक्ष विश्वमणि शर्माले महिला, युवालाई र श्रमजीवीलाई लक्षित गरेर केन्द्र प्रदेशले सिपमुलक तालिम दिनुपर्ने धारणा राख्नुभयो । अधिकांश जिल्ला अध्यक्षको धारणा सिपमुलक तालिममा केन्द्रित रहेको थियो ।
कार्यक्रममा आठ जिल्लामध्ये बारा र पर्साले जाजरकोटमा भुकम्प पीडितलाई राहत उपलब्ध गराएकामा प्रदेश अध्यक्ष बिजयप्रसाद यादवले धन्यवाद व्यक्त गर्नुभएको थियो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि महेन्द्रप्रसाद यादवले ट्रेड युनियनमा संगठन विस्तार र प्रशिक्षण स्थानीय तहवाट गर्न र सिपमुलक तालिम र प्रशिक्षण समय समयमा गरिरहन जोड दिनुभएको थियो । उहाँले सिमान्तकृत समुदायसम्म ट्रेड युनियन काङ्ग्रेस पुग्न नसकेको सबैलाई समेट्न आग्रह गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि गणेश केसीले जलवायु परिवर्तनको प्रभाव र न्यायिक रुपान्तरणको बिषयमा प्रशिक्षण दिनुभएको थियो। पछिल्लो समय जलवायुको प्रभावले पर्यटन कृषि निर्माण यातायात लगायत अन्य श्रमिक क्षेत्रमा पनि नराम्रो प्रभाव परेकोले श्रमिकले जलवायु परिवर्तनमा असर गर्ने कुरामा ध्यान दिनुपर्ने अवस्था आएको बताउनु भयो । मधेस प्रदेश मानव विकास सूचाङ्कमा सबैभन्दा पछाडि परेकाले केन्द्रले मधेसलाई बिशेष ध्यान दिएर कार्यक्रम गर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यसम्पादन र योजना निर्माणमा प्रदेश अध्यक्ष बिजय यादवको संयोजकत्वमा निवर्तमान अध्यक्ष लक्ष्मणलाल कुर्मि, प्रदेश उपाध्यक्ष भरत यादवसहितको पाँच सदस्य कार्यसमिति निर्माण गर्ने निर्णय गरेको छ । कार्यक्रमको प्रदेश अध्यक्ष विजय यादवको अध्यक्षतमा भएको थियो । पहिलो सत्रको कार्यक्रमको सहजीकरण मोहन झाले गर्नुभएको थियो ।
त्यस्तै दोस्रो दिनको कार्यक्रममा सामाजिक सुरक्षा कोषमा श्रमिकलाई कसरी समेट्ने भन्ने विषयमा छलपल गरिएको थियो । सामाजिक सुरक्षा कोषमा जोड्ने र केही स्थानीय तहहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भैसकेको जानकारी गराउन जिल्लाका प्रमुख राजनीतिक दल,मेयर, उपमेयर, वडाध्यक्ष, जिलाका ट्रुेड यूनियन कर्मीलगायतलाई ट्रेड यूनियन काँग्रेसका वरिष्ठ नेता महेन्द्रप्रसाद यादव र केन्द्रीय उपाध्यक्ष गणेश केसीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका सप्तरीका जिल्ला सभापति रामदेव साह रहनुभएको थियो र प्रदेश अध्यक्ष विजय यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु