२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारीको पत्रकारसँग अन्तरक्रिया, २७औँ साधारण सभाको तयारी पूरा

२०८० मंसिर २७, बुधबार मा प्रकाशित (0 महिना अघि) ७७४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २७ मंसिरः साना किसान कृषि सहकारी संस्था डुमरवानाले आगामी ३० गते हुने २७ औँ साधारण सभाको तयारी लगभग पूरा भएको जानकारी दिएको छ । बुधबार सिमरामा पक्रकारहरुसँग अर्न्तक्रिया कार्यत्रमको आयोजना गरी साधारण सभाको तयारी लगभग पूरा भएको जानकारी दिएको हो ।
नेपाल भरिका साना किसान सहकारीमध्ये बाराको डुमरवाना सहकारी संस्था सबैभन्दा ठुलो संस्थाको रुपमा रहेको र अरु संस्थाहरुका विच नमुना कार्य गरेर देखाउँदै आएको संस्थाका अध्यक्ष प्रदीपसिंह बरालले बताउनुभयो । उहाँले राष्ट्रिय रुपमा प्राप्त गरेको पहिचानलाई पुर्नस्थापित गरेर संस्थालाई अझ सशक्त बनाउन सञ्चालक समिति तल्लिन भएको धारणा राख्नुभयो ।
कार्यक्रममा संस्थाका वरिष्ठ प्रबन्धक राजेन्द्रप्रसाद जमकटेलले संस्थाले गरेको प्रगति र अवस्थाका बारेमा प्रस्तुति दिनुभएको थियो ।

1702482171351

कार्यक्रममा सञ्चालक समितिका पदाधिकारीलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु