२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारी संस्था डुमरवानाको २७ औँ वार्षिक सभा सम्पन्न

२०८० मंसिर ३०, शनिबार मा प्रकाशित (0 महिना अघि) ५३८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ३० मंसिरः साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाको आफ्नै भवनमा संस्थाले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष प्रदिपसिंह बरालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन बारा निवौचन क्षेत्र नं १ का संघीय साँसद अच्युत मैनालीले उद्घाटन गर्नुभएको थियो ।

1702740991075कार्यक्रममा कोल्वी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी,जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, इलाका कार्यालय हेटौडाका प्रबन्धक कृष्णकुमारी शर्मा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, वडा नं १४ का वडाध्यक्ष चयन मगर जनता मावि रजघट्टाका प्रधानाध्यापक राजु अधिकारी जिल्ला संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, कार्यक्रममा संस्थाका बरिष्ठ प्रबन्धक राजेन्द्र जमकट्लको सहजीकरण रहेको थियो भने स्वागत मन्तव्य संचालक समितिका उपाध्यक्ष सुकुमाया वाइवाको रहेको थियो ।1702740904854
कार्यक्रममा उत्कृष्ट बचत कारोबार, उत्कृष्ट ऋण कारोबार, उत्कृष्ट समूह बचत, उत्कृष्ट फलफूल खेती, उत्कृष्ट उद्योगव्यापार, उत्कृष्ट व्यवसायिक पशुपालन, उत्कृष्ट दैनिक वचत, उत्कृष्ट पशुधन संरक्षणकर्ता, उत्कृष्ट व्यवसायिक तरकारी खेती, उत्कृष्ट अन्तरसमूह लगायतका विधामा संस्थाको सेवाकेन्द्र डुमरवाना, सिमरा, नीजगढ, कतर्वा, कोल्हवीका सदस्यहरुलाई दोसल्ला र प्रशंसापत्रसहित सम्मान प्रदान गरिएको थियो ।

1702741223956

राष्ट्रिय तथा अंतराष्ट्रिय पुरस्कारबाट सम्मानित यस संस्थाले नेपालमा पनि पटक पटक उत्कृष्ट घोषित हुदै आएको छ । कार्यक्रममा संस्थाका बिभिन्न विधामा केन्द्, कर्मचारी , बचतकर्तालाई सम्मान गरिएको थियो । यसैगरी सयपत्री अनलाइनकर्मी सञ्चारकर्मी सीता अधिकारीलाई सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु