२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अतिक्रमित जमिन संरक्षणका लागि वन सुरक्षा समन्वय समिति बाराले वृक्षरोपण गर्ने

२०८० पौष ४, बुधबार मा प्रकाशित (0 महिना अघि) ३२६ पाठक संख्या

सिमरा, ४पुसः जिल्ला वन सुरक्षा समन्वय समिति बाराले राष्ट्रिय वन क्षेत्रमा पर्ने अतिक्रमित जमिनको सुरक्षाका लागि वृक्षारोपण गर्ने निणर्य गरेको छ । बुधबार बाराको कोल्हवी नगरपालिकाको वडा नं ५ मा रहेको ककडीको ३५ हेक्टर क्षेत्रफलको अतिक्रमित जग्गा र वडा नं २ स्थित अतिक्रमित १ सय १० विगाहा भूभागमा वृक्षारोपण गरी संरक्षण गर्ने निणर्य गरेको हो ।

1703083100102

बाराका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला वन सुरक्षा समन्वय समितिका संयोजक नवराज सापकोटाले अतिक्रमित जमिनको अनुगमन तथा अवलोकन गर्दै छिटै वृक्षारोपण गरी जमिन संरक्षण गरिने बताउनुभयो । त्यस्तै डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले वन क्षेत्रको जग्गामा अहिले तोरी, गहुँलगायत विभिन्न बाली स्थानीयले लगाएपनि त्यसलाई हटाएर वृक्षारोपण गरिने जानकारी दिनुभयो ।

1703083183344
अनुगमनमा कोल्हवी नगरपालिकाका उपप्रमुख लक्ष्मी चौधरी, डिभिजन वन कार्यलय र मातहतका कार्यलयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मीलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु