२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) मधेस प्रदेशको सिमरामा पद हस्तान्तरण

२०८० पौष २७, शुक्रबार मा प्रकाशित ( महिना अघि) ६३० पाठक संख्या

सयपत्री समाचारदात
सिमरा, २६ पुसः संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) मधेस प्रदेशको सिमरामा शुक्रबार पद हस्तान्तरण भएको छ । जेटियुसिसिका अध्यक्ष कमलेश झाले आफ्नो एक बर्षे कार्यकाल सम्पन्न गरेर नेपाल ट्रेड युनियन काङ्ग्रेसका मधेस प्रदेश अध्यक्ष विजय कुमार यादव लाई पद हस्तान्तरण गर्नु भएको हो।
श्रमजीबी वर्गको समृद्धिका लागि साझा ढंगले क्रियाशील रहेका नेपालका मान्यता प्राप्त ट्रेड युनियन महासंघहरुको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) लामो समयदेखि श्रमिकहरुको हक अधिकारको लागि संयुक्त रुपमा आवाज उठाउदै आइरहेको संगठन हो। श्रमिकको हक हितमा काम गर्ने साझा संगठनको नेतृत्व ग्रहण गर्दै अध्यक्ष यादवले श्रमजीवीको हक हितमा सबै मिलेर काम गर्नुपर्ने र आफूले जिम्मेवारी पाएसगै श्रमिकको हकमा कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।अहिलेको आर्थिक मन्दिको विषम परिस्थितिमा उधोगपति,श्रमिक सबैलाई प्रतिकुल अवस्था रहेकोले आपसी छलफल गरी समझदारीमा समस्याको समाधान गर्नुपर्ने बताउनु भयो। पद हस्तान्तरण सगै श्रमिकको बिषयमा मधेस प्रदेश जेटियुसिसिले सक्रिय भएर लाग्नुपर्ने जति गर्नुपर्ने हो त्यति हुन नसकेको र मधेस सरकारबाट पनि सहयोग नभएको झाले गुनासो गर्नुभयो।
कार्यक्रमको अध्यक्षता जेटियुसिसिका अध्यक्ष कमलेश झाले गर्नुभएको थियो। कार्यक्रममा संयुक्त ट्रेड युनियनकर्मिहरु अर्जुन चिमोरिया, ट्रेड युनियन काँग्रेसका पूर्व प्रदेश अध्यक्ष लक्ष्मणलाल कुर्मी, वेनि तिमल्सिना अमृतलाल श्रेष्ठ लगायतले श्रमिकको हकहितमा जेटियुसिसि सक्रिय भएर लाग्नुपर्ने विचार राख्नुभयो ।

IMG_20240112_120426

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु