२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अक्षरा पाठशालाले मनायो सातौ वार्षिक उत्सव

२०८० माघ २८, आईतबार मा प्रकाशित ( महिना अघि) ४८१ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २८ माघः सिमराको शैक्षिक विकासमा उत्कृष्टता हासिल गर्दै आएको अक्षरा पाठशालाले आइतबार सातौ वार्षिक उत्सव मनाएको छ ।
बाराको सिमरामा रहेको अक्षरा पाठशालाले विभिन्न प्रस्तुतिसहित वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रमको एक कार्यक्रमका बिच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा जीतपुरसिमरा उहानगर पालिका नगर प्रमुख राजन पौडेलले विद्यालयस्तरमा वैज्ञानिक ढंगको शिक्षा आवश्यक रहेको भन्दै उहाँले आफ्ना बालबालिकाको शिक्षामा विशेष ध्यान दिन अभिभावकलाई आग्रह समेत गर्नुभयो ।

1707660036084
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता, एन प्याबसनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी, एन प्यब्सनका मधेश प्रदेश सदस्य बसन्त ढकाल , एन प्याब्सन जिल्ला कोषाध्क्ष मदन रिजाल, एन प्याब्सनका नगर अध्यक्ष सागर ठाडा मगर लगायतको उपस्थिति रहेको थियो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक ऋषि काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले आफ्नो नृत्यसमेत प्रस्तुत गरेका थिए । बिभिन्न भेषभुसामा सजिएका बिद्यार्थिहरुले मौलिक नृत्य प्रस्तुत गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु