२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

एसपीएसको १६ औँ वार्षिक उत्सवमा विविध कार्यक्रम

२०८० फागुन ६, आईतबार मा प्रकाशित ( महिना अघि) ३५७ पाठक संख्या

 

सयपत्री समाचरदाता
सिमरा, ६ फागुनः एसपीएस सिंगिंग आइडल सुलोन मगर र डान्सिंग आइडल प्रिन्स चौधरी भएका छन् । बाराको सिमरामा रहेको सिमरा पब्लिक ई. बोर्डिङ स्कुलको १६औ वार्षिक उत्सव कार्यक्रममा अभिभावकको भोटबाट मगर र चौधरीले छुट्टाछुट्टै विधाको आइडल चयन भएका हुन् ।

1708265225862
अभिभावकको भोटिंग प्रक्रियाबाट गीत विधातर्फ रोज पौडेल फस्ट रनरअप र खुसी बस्नेत सेकेण्ड रनर अप घोषित भएका थिए । त्यसैगरी नृत्य विधातर्फ कृषा बोगटी फस्ट रनरअप र युसा बस्नेत सेकेण्ड रनर अप घोषित भएका थिए ।

दुवै विधाका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजयी विद्यार्थीहरुलाई क्रमशः ३ महिना, २ महिना र १ महिनाको मासिक शुल्क छुट गरिएको विद्यालयले जानकारी दिएको छ । साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
बिद्यालयका प्रिन्सिपल बसन्त ढकालको अध्यक्षतामा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा बिभिन्न भेषभुषामा सजिएका विद्यार्थीहरुले विभिन्न मौलिक साँस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको विद्यालयका शिक्षक लक्की रिमालले जनाकारी दिनुभयो । यसैगरी २०७९ को एसइइ परीक्षामा उतीणर् विद्यार्थीहरु तथा विभिन्न व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको सञ्चालक शालिकराम अधिकारीले जानकारी दिनुभयो ।

1708265142608

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु