२०८१ माघ ९, बुधबार
नयाँ
पछिला अपडेट

डिप्रोक्स लघुवित्तद्धारा सिमरामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०८० फागुन १६, बुधबार मा प्रकाशित (0 महिना अघि) ३४३ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १६ फागुनः डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिमराले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सिमरा शाखाअन्तर्गतका केन्द्र प्रमुखहरुलाई वित्तीय साक्षरता तथा बैंकिङ कारोबारमा हुने अपराध कर्जा तथा बचतको महत्व ,कर्जाको सही उपयोग ,लिएको कर्जा कति लिने र कसरी तिर्ने, संस्थाले उपलब्ध गरेका कर्जाको नीतिगत व्यवस्था ,नेपाल राष्ट्र बैंकवाट घ वर्गलाई गरेको निर्देशन र व्यवसायिक बन्नको लागि आवश्यक पर्ने विभिन्न तालिमहरु लगायतका विषयहरुको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

1709124545876

उक्त कार्यक्रममा वारा जिल्लाको जीतपुरसिमरा, कलौया, कोल्बीका गरी ६४ जना केन्द्र प्रमुख महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला कृषि ज्ञान केन्द्र बाराका नि. प्रमुख राजनारायण प्रसाद साहले कृषि बालीको बारेमा सहभागीहरुलाई जानकारी दिन तालिममा प्राविधिक सहयोग गर्नुभएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा न २-स्थित रोयल पाटीप्यालेसमा सम्पन्न भएको कार्यक्रमका वक्ताहरुले यस्ता गोष्ठीले समाजमा वित्तीय अराजकता र अफवाह फैलाउने तत्वहरुबाट बच्नको लागि सहयोग पुर्याउने धारणा राखेका थिए । उनीहरुले समाजलाई आर्थिक चलायामन बनाइ राख्नु जरुरी रहेको भन्दै मिटरव्याजीको कारणले आर्थिक मन्दी छाइरहेको अवस्थामा यस्ता वित्तीय संस्थाहरुले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुगिरहेको कुरा व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष गौरीदेवी भारतीको अध्यक्षता तथा प्रदेश कार्यालयका प्रमुख देशवन्धु चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका अनुगमन अधिकृत सूर्यबहादुर विष्टले संस्थाको कर्जा तथा बचतको विषयमा जानकारी गराउनुभएको थियो भने बैंकिङ अपराध तथा साक्षरता सम्बन्धि जानकारी मुकुन्द बरालले गराउनुभएको थियो । कार्यक्रममा शाखाका वसिर गदीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

वि.स २०६२ साल श्रावण २२ गते बाराको जितपुरसिमरा स्थापना भएको यस शाखामा जम्मा सदस्य संख्या १ हजार ९ सय २७ जना रहेका छन् । ४ वटा नगरपालिकालाई कार्यक्षेत्र बनाएर संचालन भइरहेको यस शाखाको लगानी २३ करोड ३६ लाख ७६ हजार रहेको छ भने बचत रकम ५ करोड ८० लाख ६४ हजार रहेको डिप्रोक्सले जानकारी गराएको छ । यसअघि पौष २८ गतेका स्थापना दिवसको अवसरमा संस्थाले रक्तदान कार्यक्रम गरी २४ औँ वर्षगाठ मनाएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु