२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सकियो जीतपुरसिमराको एसएलएएस शैक्षिक सर्वेक्षण, स्वंयसेवक विद्यार्थीलाई दिइयो प्रमाणपत्र

२०८० फागुन २६, शनिबार मा प्रकाशित ( महिना अघि) ४५६ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २६ फागुनः एस एल ए एस शैक्षिक सर्वेक्षण गर्ने काम समाप्त भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगतका १सय ११ ओटा शैक्षिक संस्थाहरुमा गरिएको सर्वेक्षणको मूल्यांकन गर्ने कार्य अगाडि बढाउन शनिबार तथ्यांक संकलनकर्तालाई प्रमाणपत्र प्रदान गर्दै शैक्षिक सर्वेक्षण गर्ने काम समाप्त भएको जनाइएको हो ।

1709984750545

बाराको जीतपुरसिमरा वडा नं २ मा रहेको सिमरा कलेजमा आयोजित क्लोजिंग सेरेमोनीमा नगर प्रमुख राजन पौडेलले नयाँ पुस्ताबाटै समाज परिवर्तन आवश्यक गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नगरको शैक्षिक विकासमा सबैको सुझाव आवश्यक रहेको बताउनुभयो ।

1709988572371 (1)
कार्यक्रममा सिमरा कलेजका प्रमुख शालिकराम अधिकारीले सर्वेक्षणमा तथ्यांक संकलनको काम सकिएपनि मूल्यांकनको काम  बाँकी रहेको बताउनुभयो ।

1709988616804
शैक्षिक स्तरको सुधारको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरा कलेजसँग सहकार्य गरी नगर क्षेत्रका तीन ओटा सामुदायिक कलेज डुमरवाना बहुमुखी क्यामपस, बकुलिया क्याम्पस तथा सिमरा कलेजका १ सय ५० जना स्वयंसेवक विद्यार्थी सर्वेयरका रुपमा परिचालन गरेको थियो ।

1709984730752
गत फागुन ९ गतेदेखि फागुन २२ गतेसम्म गरिएको संकलनले नगर भित्रका आधारभूत तहका १देखि ८ कक्षासम्मका १८ हजार विद्यार्थीमा सर्वेक्षण गरिएको थियो । यसको नतीजा भने आउन बाँकी नै छ । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो अनुभव समेत सुनाएका थिए ।

1709988411397

सिमरा कलेजका कलेज सञ्चालन समितिका कार्यवाहक अध्यक्ष मधुकर अधिकारीको सभाध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद लगायतले मन्तव्य राख्नुभएको थियो
1709989144283

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु