२०८१ फागुन ६, मंगलबार
नयाँ
पछिला अपडेट

सिमरा महिला साकोसमा मनाइयो संस्थाको १८ औँ स्थापना दिवस

२०८० चैत्र ११, आईतबार मा प्रकाशित ( महिना अघि) ४९८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ११ चैतः सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाले आइतबार आफ्नो १८ औँ स्थापना दिवस मनाएको छ । संस्थाको प्रांगणमा दीप प्रज्वलन गरी स्थापना दिवस मनाएको हो ।
करिब दुईहजार सेयर सदस्य रहेको संस्थाले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन र स्वरोजगार बनाउन विभिन्न तालिम दिँदै आएको छ । दीप प्रज्वलन कार्यक्रममा संस्थाका अध्यक्ष मुना खरेल, पूर्व अध्यक्ष एवं संस्थाका सल्लाहकार अनिता लम्साल, संस्थाका उपाध्यक्ष भिमादेवी शर्मा, सचिव गीता शर्मा, कोषाध्यक्ष सनम पौडेल लगायत सञ्चालक समिति सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
संस्थाले होली पर्वसमेत परेकाले होली मिलन कार्यक्रम पनि आयोजना गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु