२०८२ पौष १, मंगलबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराले पायो पहिलो महिला प्रशासकीय प्रमुख

२०८१ बैशाख २८, शुक्रबार मा प्रकाशित ( साल अघि) ९०८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा,२८ बैशाखः बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा शुक्रबारबाट नयाँ प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले कार्यभार सम्हाल्नुभएको छ । नगरप्रमुख राजन पौडेलले प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउनुभएकी उपसचिव काफ्लेलाई स्वागत गर्नुभएको थियो ।
यसअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिवजी प्रसादले सम्हाल्दै आउनुभएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम मन्त्रालयको अतिरिक्त समुहमा दरबन्दी कायम रहने गरि बैशाख २० गतेको निणर्य अनुसार जीतपुरसिमरामा कामकाज खटाएको हो । काफ्ले जीतपुरसिमराका लागि पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु