२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

अपांगता भएकाहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी समुदाय परिचालकलाई दिइएको ४ दिने तालिम समापन

२०८१ जेष्ठ २, बुधबार मा प्रकाशित ( महिना अघि) ४८४ पाठक संख्या

सीता अधिकारी
सिमरा, २ जेठः अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी समुदाय परिचालक तथा साथी शिक्षकहरुको ४ दिने तालिम मंगलबार सिमरामा समापन भएको छ । नेत्रहिन युवा संघ सुकेधारा काठमाडौँले बाराको सिमरामा आयोजना गरेको उक्त तालिमको समापन भएको हो ।

1715781773706
समुदायमा गै अपांगता भएका व्यक्तिहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित कुराहरुबारे जनचेतना जगाउन समुदाय परिचालकहरुलाई तालिम दिएको बताइएको छ । नेत्रहिन संघ बाराका अध्यक्ष सुधिर चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कर्यक्रममा सिबिएम काठमाडौका कोअर्डिनेटर सम्झना शाह, प्रशिक्षक पुष्पसां जोशी, नेत्रहिन सँंघका कृष्ण तिमल्सेना, वायनका प्रोजेक्ट कोअर्डिनेटर निलु महर्जन, वायन बाराका प्रोजेक्ट कोअर्डिनेटर ज्योति झा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका बारेमा सहभागीहरु श्रीराम यादव, निरुपा प्रधान, गोदावरी साह, खेमकुमारीलगायतले तालिम उपयुक्त भएको धारणा व्यक्त गर्नुभएको थियो ।

1715781797982
कर्यक्रमका सहभागीलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । तालिम अवधिभर प्रमोद साह र रेखा श्रेष्ठले दोभाषेको भूमिका निर्वाह गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु