२०८२ अषाढ २२, आईतबार
नयाँ
पछिला अपडेट

सङ्गालो साकोसको १३ औँ वार्षिक सभाबाट निराजन थापाको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन

२०८१ भाद्र ८, शनिबार मा प्रकाशित (0 महिना अघि) ६२९ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ८ भदौः सङ्गालो वचत तथा ऋण सहकारी संस्था बाराको १३ औँ वार्षिक साधारण सभाले निराजन थापाको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ । साकोसको शनिवार भएको वार्षिक सभाबाट थापासहित सञ्चालक समिति सर्वसम्मत चयन भएका हुन् ।
संस्थाको उपाध्यक्षमा नेत्रप्रसाद दाहाल, सचिवमा गोकुल अधिकारी, कोषाध्यक्ष कोपिला अर्याल सर्व सम्मत चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा रवीन्द्र ठाकुर, राजदास श्रेष्ठ, रमेश थापा, निरोज पुडासैनी, ईश्वर थपलिया, सुशिला कार्की, कविता लम्साल रहनुभएको छ । यस्तै गरी लेखा सुपरीवेक्षण समितिका संयोजकमा धनन्जय थोकर र सदस्यमा निरन्जन कणर् तथा सन्तोष श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
उद्घाटन कार्यक्रम
सङ्गालो वचत तथा ऋण सहकारी संस्थाको १३ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा बारा जिल्ला वचत संघका अध्यक्ष सतेन्द्र ठाकुरको प्रमुख आतिथ्यता रहेको थियो ।
१३ वर्षअघि स्थापना भएको सङ्गालो वचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड ६ लाख ८५ हजारको कारोबार गरिरहेको संस्थाका अध्यक्ष शालिकराम अधिकारीले बताउनुभयो । हाल ३ सय ८१ जना सेयर सदस्य रहेको संस्थाले ७ करोड ८८ लाखको निक्षेप संकलन र ८ करोड ८६ लाख लगानी गरेको अध्यक्ष शालिकराम अधिकारीले बताउनुभयो ।

1724511279183
उद्घाटन सत्रको कार्यक्रममा संस्थाका दुई उत्कृष्ट वचतकर्ता विष्णुमाया गौतम र विमला अधिकारीलाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरी संस्थाको उत्कृष्ट कारोवारीका रुपमा हेमन्त खड्का र विपिन लामिछानेलाई सम्मान गरिएको थियो ।त्यसैगरी यस वर्षको कक्षा १२ को परीक्षामा बारा जिल्लाबाट सामुदायिक विद्यालय टप गर्ने नेरामावि सिमराका गौरवमान श्रेष्ठ र सामना भट्टराईलाई समेत सम्मान गरिएको थियो ।

1724511279164

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु