२०८१ फागुन ६, मंगलबार
नयाँ
पछिला अपडेट

सिमरा कलेजमा बृहत् पूर्व विद्यार्थी भेला, समग्र शैक्षणिक विकास कोष’ स्थापना, एक लाख संकलन

२०८१ आश्विन १९, शनिबार मा प्रकाशित ( महिना अघि) ५४२ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १९ असोजः सिमरा कलेज सिमराद्वारा आयोजित बृहत् पूर्व विद्यार्थी भेला सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ मा २०६० सालमा स्थापना भएको सिमरा कलेजले पहिलो पटक आयोजना गरेको उक्त भेला शनिबार सम्पन्न भएको हो ।
सिमरा कलेज व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष मधुकर अधिकारीको सभाध्यक्षतामा सम्पन्न भेलामा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । नगरप्रमुख पौडेलले नगरको शैक्षिक विकासको लागि आफू सधा लागि परिरहेको र शिक्षामा गुणस्तरीयता कायम गर्न कलेजले योजना बनाएर अघि बढे पालिका सहकार्य गर्न तयार रहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा जीतपुरसिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, कलेजका पूर्व सहायक प्रमुख अच्युतदेव सिटौला, कलेज व्यवस्थापन समितिका पदाधिकारी, कलेजसभा सदस्य, पूर्व विद्यार्थी परिषद तदर्थ समितिका संयोजक नृपराज बराल लगायत कलेजका अध्यापक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कलेज प्रमुख शालिकराम अधिकारीले पूर्व विद्यार्थी भेलाको उद्देश्य बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका सदस्य गीता शर्माले स्वागत गर्नुभएको कार्यक्रममा कलेजका अध्यापक राजुकुमार कार्कीको सञ्चालन रहेको थियो ।

कोषको स्थापना
कलेजका पूर्व विद्यार्थीहरुको भेलाले कलेजको शैक्षिक तथा भौतिक उन्नयनका लागि एउटा कोष खडा गरी आर्थिक संकलन समेत गरेको छ । कलेजको सभाहलमा बसेको सिमरा कलेजका पूर्व विद्यार्थीहरुको भेलाले ‘सिमरा कलेज समग्र शैक्षणिक विकास कोष’ स्थापना गरी एक लाख रुपियाँ संकलन गरेको कलेजले जानकारी दिएको छ ।
विशिष्ट श्रेणी ल्याउनेलाई सम्मान
त्रिभुवन विश्व विद्यालयद्वारा प्रकाशित बीबीएस प्रथम वर्षको नतिजाअनुसार सिमरा कलेजबाट विशिष्ट श्रेणीमा उत्तीणर् हुने ४ जना छात्रालाई सम्मान गरिएको छ । कलेजले हालसम्मकै उच्चतम अंक ७९ प्रतिशत ल्याउने कलेजकी मेधावी छात्रा विनिशा भण्डारीलगायत ४ जनालाई सम्मान गरेको हो ।

1728141416876

पूर्व अध्यापकलाई सम्मान
कलेजमा लामो समय अधयापन गराई शैक्षिक आलोक छर्ने कलेजका पूर्व अध्यापकहरुलाई पूर्व विद्यार्थीहरुले सम्मान गरेका छन् । यसरी सम्मानित हुनेमा पूर्व सहायक कलेज प्रमुख अच्युतदेव सिटौला, इद्रिस मिया, रामप्रसाद अधिकारी, डा. कृष्ण पौडेल (मरणोपरान्त) लगायतका रहनुभएको छ ।

1728141460226

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु