२०८१ पौष ६, शनिबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारी सिमराको १० औँ वार्षिक सभा: नवनिर्मित सहकारी भवन उद्घाटन

२०८१ मंसिर २६, बुधबार मा प्रकाशित ( हफ्ता अघि) १०४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २६ मंसिरः साना किसान कृषि सहकारी सिमराको १० औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमला रिमालका्े अध्यक्ष्यतामा भएको साधारण सभाको प्रमुख अतिथि संघीय साँसद एवं पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ किसानले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा मधेश प्रदेश साँसद देवनारायण चौधरी , जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेति, साना किसान कृषि सहकारी सँघका अध्यक्ष मिस्रीलाल सहनी, संस्थाका सल्लाहकार सदस्य नारायणी रायमाझी, सञ्चारकर्मी विदुर खड्का, शारदा पोख्रेल संस्थाका सहजकर्ता कुलोत्तम पोखरेललगायतको उपस्थिति रहेको थियो ।
चार हजार ३ सय शेयर पूँजिबाट कारोवार सुरु गरेको संस्थाको शेयर लगानी १ करोड ७० लाख, ५५ हजार १ सय रुपियाँ, वचत ४ करोड ३२ लाख ८६ हजार २सय ८५ रुपियाँ र ऋण लगानी १७ करोड ७३ लाख २ हजार ६ सय ३ रुपियाँ रहेको संस्थाका अध्यक्ष कमला रिमालले जानकारी दिनुभयो । कार्यकममा एक हजार ४ सय २६ जना सेयर सदस्य संख्या रहेको संस्थाको २सय ५० वटा समूह, १२ वटा अन्तरसमूह रहेको र ६ सय ९२ जनाले संस्थाबाट विभिन्न उद्देश्यमा ऋण लिएको जानकारी गराइएको थियो ।संस्थाका उपाध्यक्ष श्यामा सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव मिरा पुरीले गर्नुभएको थियो ।

भवन उद्घाटन
साना किसान कृषि सहकारी संस्था सिमराको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बुधबार संस्थाको १० औँ वार्षिक साधारण सभको अवसर पारेर भवनको उद्घाटन गरिएको हो ।
मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८०, ८१ को वार्षिक कार्यक्रम रेडबुक अनुसार सहरी विकास कार्यालयमा ४० लाख र भौतिक पूर्वाधार कार्यालयमा २५ लाखको बजेट विनियोजन भै पूर्वाधार विकास कार्यालय कलैयाबाट भवन निर्माण कार्य सम्पन्न भएको बताइएको छ । उक्त भवनको कार्यक्रमका प्रमुख अतिथि संघीय साँसद एवं पूर्वमन्त्री किसान श्रेष्ठ, मधेश प्रदेश साँसद देवनारायण चौधरी , जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल लगायतको उपस्थितिमा रिवन काटेर उद्घाटन गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु