२०८१ फागुन ५, सोमबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराले शिक्षक कर्मचारीको तलवभत्ता सम्बन्धित व्यक्तिकै खातामा निकासा गर्ने

२०८१ माघ ९, बुधबार मा प्रकाशित ( हफ्ता अघि) २६० पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ९ माघः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आफू मातहतमा सञ्चालित सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको तलव सम्बन्धित व्यक्तिकै खातामा पठाइदिने भएको छ । बुधबार एक सूचना जारी गरी उपमहानगरपालिकाले पालिकाभित्रका शिक्षक कर्मचारीको माघ महिनादेखिको तलवभत्ता सम्बन्धित व्यक्तिकै खातामा निकासा गर्ने जनाएको हो ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिशप्रसाद भट्टद्वारा हस्ताक्षरित सूचनामा यही माघ २० गतेभित्रमा सामुदायिक विद्यालयहरु सबैलाई कागजात पेश गर्न आह्‌वान समेत गरिएको छ । उपमहानगरपालिका अन्तरगत सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक, बालविकास सहजकर्ता, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगीहरुको मासिक तलवभत्ता सम्बन्धित व्यक्तिको खातामा निकासा हुने भएपछि खुसी भएका छन् ।
पछिल्लो समय नगरले पठाएको सुविधा विद्यालयले आलटाल गर्ने, सञ्चय कोषको रकम दाखिला नहुने, समयमा कर नतिर्ने जस्ता झन्झट खेप्दै आएका शिक्षकहरु यो निर्णयले खुसी भएका हुन् । यसले अब शिक्षकको तलव, सञ्चयकोष, नागरिक लगानी कोष र करलगायतका रकमलाई रकमान्तर गरी अन्य प्रयोजनमा खर्च गर्ने प्रचलनको समेत अन्त्य हुनेछ । अर्कोतर्फ विद्यालयमा हुने लेखा परीक्षणमा लाग्ने खर्चको व्यय भारसमेत कम हुने भएको छ ।
कतिपय स्थानीय तहहरुले यो आर्थिक वर्षमा शिक्षकलगायत कर्मचारीहरुलाई तलव खुवाउन नसक्दा शिक्षक कर्मचारीको आन्दोलन भैरहेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिकाले गरेको यो निर्णयले उत्साह थपेको छ ।

1737551039125

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु