सयपत्री समाचारदाता
सिमरा, ७ फागुनः बाराको सिमरामा रहेको ब्राइटर एकेडेमीले आफ्नो २४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बुधबार विद्यालयले विद्यार्थीको विभिन्न प्रस्तुति तथा कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।
विद्यालयका एकेडेमिक डाइरेक्टर चन्द्रदास चौहानको सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपािलकाका प्रमुख राजन पौडेलले गर्नुभएको थियो । कार्यक्रम विद्यालयका प्रिन्सिपल राजुकुमार कार्कीले सञ्चालन गर्नु भएको थियो भने सहायक प्रिन्सिपल चन्दनकुमार चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले गीत, नृत्य, नाटकलगायतका विभिन्न प्रस्तुति प्रदर्शन गरेका थिए ।कार्यक्रममा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो ।
यसैगरी कार्यक्रममा २०८० सालको एसइइमा ४ जिपिए ल्याउने छात्र राहुल यादवलाई वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले वडाका तर्फबाट एक वर्षभरी लाग्ने अध्ययन शुल्क छात्रवृतिस्वरुप प्रदान गर्ने घोषणा गर्नुभयो । त्यसैगरी उहाँले व्यक्तिगत तवरबाट करिब ३ हजार रुपियाँ प्रोत्साहन स्वरुप प्रदान गर्ने घोषणासमेत गर्नुभएको थियो ।
कार्यक्रममा वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेललगायतका विभिन्न विद्यालयका संस्थापक प्रिन्सिपललगायतको सहभागिता रहेको थियो ।
हस्तलिखित पुस्तक विमोचन तथा प्रदर्शनी
एकेडेमीका छात्रछात्राले आफ्नै हातले लेखेका पुस्तकहरुलाई नगर प्रमुख राजन पौडेललगायतले विमोचन गर्दै प ती पुस्तकहरुलाई लाई गरिएको थियो । जसमा विद्यार्थीले आफ्ना रचना, सिर्जना र कलालाई प्रस्तुत गरेका थिए ।