२०८१ चैत्र २६, मंगलबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा गोल्डकपमा हिमालयन शेर्पा सेमीफाइनलमा प्रवेश

२०८१ चैत्र २६, मंगलबार मा प्रकाशित ( घण्टा अघि) ५८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २५ चैतः हिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा सोमबार राती भएको ‘ए’ डिभीजन भिडन्तमा फ्रेण्डस क्लबलाई १–० ले पराजित पार्दै हिमालयन शेर्पा सेमीफाइनलमा प्रवेश गरेको हो ।
सोमबारको खेलसंगै जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनल समिकरण पूरा भएको छ । हिमालयन शेर्पाले फाइनल प्रवेशका लागि अब बुधबार आयोजक नवजनजागृति युवा क्लबसँग खेल्नेछ भने मङ्गलबार साँझ हुने पहिलो सेमीफाइनलमा मच्छिन्द्र फुटबल क्लबले चितवनको हनामी विएफसी भरतपुरसंग प्रतिष्पर्धा गर्नेछ ।
हिमालयन शेर्पाको जितमा खेलको ९ औं मिनटमा भारतीय खेलाडी रोबर्ट खोङजोले गरेको गोलनै निर्णायक बन्न् पुग्यो । विनु आलेमगरको पासमा रोबर्टको पहिलो प्रहार रोक्ने क्रममा लडेका फ्रेण्ड्सका गोलरक्षक विकेश कुथु सम्हालिन नपाउँदै रिवाउण्ड बलमा पुनः रोवर्टले गोल गरेका थिए ।
उत्कृष्ट खेल प्रदर्शन गरेको फ्रेण्ड्स फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो । खेलको छैटौं मिनटमा फ्रेण्ड्सका विशाल ठकुरीले वन भर्सेस वनको स्थिति गुमाए । लक्ष्मण रुचालको पासमा विशालले अघि बढाएको बल डिबक्स भित्रैबाट प्रहार गरेका थिए । उनको प्रहार फितलो बन्दा हिमालयन शेर्पाका गोलरक्षक विवश चौधरीले रोक्ने मौका पाए ।
खेलको ४४ औं मिनटमा शुसील लामाको अर्को प्रहार विफल भयो । डिबक्स भित्रबाट शुसीलले हानेको सशक्त प्रहार हिमालयन शेर्पाका गोलरक्षकले बचाउ गरे । हिमालयन शेर्पाका मानबहादुर रानाको मिसपासको फाइदा उठाउँदै शुसीलले आकर्षक अवसर सिर्जना गरेका थिए ।
खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच हिमालयन शेर्पाका रोबर्ट खोङजो घोषित भए । उनले १० हजार नगद र ट्रफि प्राप्त गरे । उनलाई आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत दिनेश पाण्डे र ग्रीन इनर्जीका सञ्चालक स्वीकार ढकालले पुरस्कार प्रदान गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु