२०८२ माघ २६, आईतबार
नयाँ
पछिला अपडेट

आयोजक नवजनजागृति युवा क्लब सिमरालाई स्तब्ध पार्दै हिमालयन शेर्पा १५ औँ जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश

२०८१ चैत्र २७, बुधबार मा प्रकाशित (0 महिना अघि) ८२५ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २७ चैतः आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ गोल अन्तरले स्तब्ध पार्दै ए डिभिजन क्लब हिमालयन शेर्पा १५ औँ जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राती सिमरा रङ्गशालाको फ्लड लाईटमा हिमालयन शेर्पाले उपाधि भिडन्तमा अर्को ए डिभीजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट पक्का गरेको हो ।

सिमरा रङ्गशालामा शुक्रबार साँझ हिमालयन शेर्पाले चौथोपटक जीतपुरसिमरा गोल्डकपको फाइनल खेल्नेछ । हिमालयन शेर्पाको जितमा भाारतीय खेलाडी रोबर्ट खोङजो र समिरराज थोकरले गोल गरे । आयोजक सिमराका लागि युवराज खड्काले गोल गरेका थिए । पहिलो हाफ गोल रहित बराबरी खेलेको आयोजकविरुद्ध दोश्रो हाफको शुरुवातमै हिमालयन शेर्पाले रोबर्टको गोलबाट अग्रता बनाउन सफल भयो । खेलको ४७ औं मिनटमा शिबम् खड्काको क्रसबल नियन्त्रणमा लिंदै आयोजकको डिबक्स भित्रबाटै रोबर्टले आकर्षक गोल गरेका थिए ।
खेलको ५८ औं मिनटमा हिमालयन शेर्पाकमा लागि समिरराज थोकरले अग्रता दोब्बर पारे । सेण्टरलाइन नजिकबाट थ्रोइङ पास अघि बढाउँदै आयोजकको रक्षापंक्ती तोड्न सफल थोकरको पहिलो प्रहार आयोजकका गोलरक्षक युनेश चौधरीले बचाएका थिए । रिवाउण्ड बललाई पुनः नियन्त्रणमा लिंदै किपर विट भएको अवस्थामा समीरले गोल गरेका थिए ।
खेलको ७३ औं मिनटमा युवराज खड्काले गोल गर्दै आयोजक सिमरालाई खेलमा फर्काउने प्रयास गरेपनि जितका लागि पर्याप्त भएन । मोहित गुरुङको क्रसपासमा युवराजले गोल गरेका थिए । खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच हिमालयन शेर्पाका रोबर्ट खोङजो घोषित भए । उनलाई भिएक्सएल एजुकेशनका सञ्चालक उत्सव नराल र ग्रीन इनर्जीका सञ्चालक शैलेश साहले १० हजार नगद र ट्रफि प्रदान गरे ।

प्रतियोगिताको फाइनल खेल शुक्रबार साँझ ६ बजे सिमरा रङ्गशालामा हुनेछ । नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा समापन समारोह आयोजना तय भएको आयोजक नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु