२०८२ बैशाख ३, बुधबार
नयाँ
पछिला अपडेट

प्रतिष्ठाको लडाइँ बन्दै एमालेको नगर अधिवेशन

२०८२ बैशाख १, सोमबार मा प्रकाशित ( दिन अघि) २८२ पाठक संख्या

सयपत्री समाचारदात
सिमरा, १ बैशाखः बाराको जीतपुरसिमरामा नेकपा एमालेको दोस्रो नगर अधिवेशन चैत २८ गतेबाट सुरु भएको छ । नगर नेतृत्व छनौटका लागि भएको अधिवेशनले सर्ववसम्मतका लागि धेरै प्रयास गर्दा पनि सहमति जुट्न नसकेपछि अन्तत निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्नका लागि कार्यतालिका सूची प्रकाशित भएको छ ।

सूची प्रकाशित भएपछि नगरमा चुनावी सरगरमी पनि ह्‌वात्तै बढेको देखिन्छ । हेर्दा नगरस्तरीय चुनाव भएता पनि नेकपा एमाले वाराका केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ता स्पष्ट रुपमा दुई खेमामा विभाजन भएर लागेको देखिन्छ । एकातर्फका युवा उम्मेदवार त्रिलोक शाह ठकुरीलाई पूर्वमन्त्री एवं केन्द्रीय पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेल, प्रदेश कमिटी सचिव मनोज पौडेल, प्रदेश माननीय देवनारायण चौधरी, निवर्तमान नगर कमिटि अध्यक्ष एवं नगर उप प्रमुख भोला प्रसाद अधिकारीलगायतको समर्थन रहेको छ भने अर्कोतिर तारा बहादुर बस्नेत हिरालाई पूर्वमन्त्री एवं केन्द्रीय पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह, केन्द्रीय पोलिटव्यूरो सदस्य अच्युत मैनाली,पुर्व प्रदेश माननीय सुन्दर विश्वकर्मा, पूर्व उपमेयर सरस्वती चौधरीलगायतको समर्थन रहेको कुरा नाम नबताउने सर्तमा एक प्रतिनिधिले बताए ।
यसरी केन्द्रीय नेतृत्व नै खुलेर लाग्नुको पछाडि आउँदो ८४ को निर्वाचनसमेत जोडिएको छ । यसले आउँदो निर्वाचनमा मेयर , उपमेयरसहित संघीय संसदीय निर्वाचनमा समेत यो अधिवेशनले विशेष महत्व राख्ने जानकारहरु बताउँछन् । आउँदो निर्वाचनमा ज्वालाकुमारी साह र पुरुषोत्तम पौडेलमध्ये कसलाई क्षेत्र नं ४ को संघीय संसद लडाउने र स्थानीय तहमा मनोज पौडेल ,सरस्वती चौधरी ,सुन्दर विक, भोला अधिकारी, चयन गुरुङ ,अमृत बजगाईलगायतका नेता कसलाई मेयर उपमेयरमा अगाडि बढाउने भन्ने सवालमा आउने नेतृत्व निर्णायक हुने देखिन्छ त्यसैले पनि यो निर्वाचन राम्रो शक्ति अभ्यास हो भन्ने बुझाइ कार्यकर्ता पङ्क्तिमा देखिन्छ ।

के भन्छन त उम्मेदवार ?
त्रिलोक शाह ठकुरी
यस पंक्तिकारले उम्मेदवारलाई तपाईंको जित्ने आधार के के छ ? भन्दा शाह भन्छन्, “हामी राजनीतिक हैसियतका लागि होइन, नगरको परिवर्तनका लागि प्रतिस्पर्धा गरिरहेका छौं।”
नगरभित्र सामाजिक अभियान, युवासँगको संवाद र आधारभूत सेवा प्रवाहमा अग्रसर भई काम गरेको विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेको र आफूमा राजनीति परिपक्वता भएको र राजनीतिसँगै जनतामाझ सामाजिक कार्यमा पनि पूर्ण रुपमा भिजेकोले ३ सय ४८ प्रतिनिधिहरुमा आफूले २ सय ५० भन्दा बढी प्रतिनिधिको मत पाएर जित्ने दावी गर्दै आएका छन । अनेरास्ववियुबाट राजनैतिक जीवन सुरु गरेका शाह वि. सं २०५८ सालमा अनेरास्ववियु प्राक अध्यक्ष भएका थिए । २०६५ मा शाह अनेरास्ववियु बारा जिल्लाका सचिव भए ।त्यसपछि अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य, अनेरास्ववियुको मधेस प्रदेश संयोजक हुँदै पार्टीको राजनीतिमा होमिएका नेता शाह नेकपा एमाले वडा कमिटी, पूर्व जिल्ला कमिटी सदस्य र हाल नगर कमिटीको उपसचिब रहेर पार्टीका निम्ति काम गर्दै आएका छन ।
ताराबहादुर बस्नेत हिरा
यता अर्का अध्यक्षका प्रत्यासी वस्नेत पनि जीतमा पूर्ण विश्वस्त छन । पहिलो नगर कमिटीले तीन ओटा बैठकमा आफ्नो कार्यकाल समाप्त गरेको र खासै पार्टी कार्यकर्ताको हितमा काम गर्न नसकेकाले , हामी चार दावेदारमध्ये दुई उम्मेदवार रत्न उप्रेती र अमृतलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएर आफुलाई समर्थन गरेको र छनौट भएका जनप्रतिनिधिले आफूलाई जित्न कसैले रोक्न नसक्ने आश्वासन दिएका र नेतागणहरुको पनि आफूप्रति विश्वास भएकोले जीत आफ्‌नो भएकोले कसैले रोक्न नसक्ने दावी गर्छन।
पछिल्लो समय व्यवसायबाट राम्रो आर्थिक हैसियत बनाएका बस्नेत भन्छन, व्यवसायी युवा साथीहरूको पनि राम्रो समर्थन भएको र आफूप्रति कार्यकर्तालाई केही गर्छ भन्ने विश्वास भएकोले चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताउछन्‌् बस्नेत जिल्ला कमिटी सदस्य ,राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य भईसकेका छन। तर प्रतिस्पर्धा कडा हुने देखिन्छ
सबै नेताहरुले आफ्नो राजनीति भविष्यलाई हेरेर आफ्नो आफ्नो पक्षको उम्मेदवारलाई जिताएर र शक्ति आफ्नो पक्षमा हत्याउने अनि आन्तरिक शक्ति अभ्यास सन्तुलन राख्ने खेलमा लागेका बेला काङ्ग्रेस र माओवादीका नेता कार्यकर्ताले पनि रोचकूुर्ण ढंगले चुनावलाई हेरेका छन ।
एमालेक‍ो राजनीति युवा पुस्तामा हस्तान्तरण हुदै गर्दा जसले जितेपनि बुढाहरु भन्दा युवा आउने भएकोले पार्टी रुपान्तरणमा यसले सहयोग पुग्ने देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु