२०८२ बैशाख ६, शनिबार
नयाँ
पछिला अपडेट

ने.शि संघ जीतपुरसिमराले नेका महामन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

२०८२ बैशाख ३, बुधबार मा प्रकाशित ( दिन अघि) १५८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ३ बैशाखः नेपाल शिक्षक संघ जीतपुरसिमरा नगर कार्य समितिले नेपाली काँग्रेसका महामन्त्री एवं साँसद गगन थापालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाली काँग्रेस बाराको क्षेत्र नं ३को भेलालाई सम्बोधन गरेर फर्कने क्रममा सिमरा विमानस्थलमा महामन्त्री थापालाई नगर कार्य समितिका पदाधिकारीहरुले ध्यानाकर्षण बुझाएका हुन् ।
नेपाली शिक्षक तथा कर्मचारीहरुको गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन चलिरहेको छ । यही आन्दोलनलाई चाँडो निकास निकाल्नका लागि भन्दै ध्यानाकर्षण गराएका हुन् । नेपाल शिक्षक संघ जीतपुरसिमरा नगर कार्य समितिका अध्यक्ष जयप्रकाश राय र सचिव सीता अधिकारीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा अविलम्ब शिक्षकका माग पूरा गर्न आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझाउने क्रममा नगर कार्यसमितिका उपाध्यक्ष मनोज पोख्रेल, महिला उपाध्यक्ष गुड्डी शर्मा, अर्थसचिव पंकज शर्मा, सुस्मिता पाठक, हेमन्त शर्मालगायतका शिक्षकहरुको उपस्थिति रहेको थियो । हेर्नुहोस्‌ः

1744820682710

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु