सयपत्री अनलाइन्,
सिमरा, बैशाख २० ः बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १ मैत्रीटोलमा आज सडक ढलान कार्यको शुभारम्भ गरिएको छ । उपमहाानगरपालिकाका उपप्रमुख सरस्वतीदेवी चौधरी र वडा नं १ का वडा प्रतिनिधि रामचन्द्र लामाले संयुक्त रूपमा उक्त सडक ढलान कार्यको शुभारम्भ गर्नुभएको हो । कुल २२ लाख २२ हजार ७ सय ४८ रुपियाँको लागतमा निर्माण हुँदै गरेको आयोजनामा उपमहानगरको २० लाख तथा जनश्रमदान २लाख २२ हजार ७ सय ४८ रुपियाँ गरी कुल २२ लाख २२ हजार ७ सय ४८ रुपियाँको लागतमा बाटो तथा नाला निर्माण गरिन लागेको उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा उपमहानगरपालिकाका प्राविधिक, पत्रकार तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।