२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सहकारी संस्थाले १४दशमलव ७५प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

२०७८ अषाढ १९, शनिबार मा प्रकाशित ( साल अघि) ६२० पाठक संख्या
  • बिदुर खडका

    बारा, १९ असारः अन्तराष्टिय सहकारी दिवसको अवसरमा सहकारी महासँघका केन्द्रीय अध्यक्ष मिनराज कँडेलले अबदेखि हरेक सहकारी संस्थाहरूले १४ दशमलव ७५ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाईने बताउनुभएको छ । हालका दिनहरूमा सहकारी संस्थाहरूले १५ देखि १८ प्रतिशतसंम्म ब्याज लिएको गुनासो आईरहेको बेला कडेलले सो कुरा बताउनु भएको हो ।

    हरेक बर्षको जुलाई महिनामा मनाईने सहकारी दिवसले सहकारीकर्मी तथा सहकारी सदस्यहरूप्रति उत्साह जागेको छ । नेपालमा पनि दुई दशकदेखि समुदायमा समूह गठन गरी किस्तामा ऋण दिने ससाना व्यवसाय संञ्चालनदेखि ठूला उद्योगपतिसंम्म सहकारीमा आबद्ध रहेको पाईन्छ

    सहकारीमा बचत लगानीको जोखिम न्यूनीकरण गर्न थोरै किस्ता तिरेर ठुलो रकम लियर ब्याबसाय तथा खेतिपातिमा लगानी गरेर जीवनयापन गर्नेको संख्या धेरै छ ।  सहकारी भन्नाले आर्थिक रूपमा सिमान्तकृत, थोरै आय भएका अन्य बित्तीय सेवामा पँहुच नपुगेका समूह, समुदायलाई प्रदान गरिने वित्तीय सेवा सहायतालाई बुझाउन पर्ने भएपनि तेसो भएको पार्दैन

    अन्य वितीय कारोबारको तुलनामा सहकारी महङ्गो भएपनि समूह मार्फत बिना धितो कर्जा, सरल, सहज रूपमा समुदायमा सेवा प्रदान गरिने भएकोले सहकारीतर्फ सर्वसाधारण आर्कषित हुनु स्वभाविक रहेको छ ।

    सहकारी दिवसको अवसरमा सहकर्मी बिदुर खडकाले ३० हजार सहकारी संस्थाका नेतृत्व गरी रहेका महासँघका अध्यक्ष कँडेललाई सहकारीहरूमा ब्याज दर किन बढी भएको हो भनि जिज्ञासा राखेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु