२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

अष्ट्रिया भियनामा रहेका नेपाली दिदी बहिनीले साटे अनुभवः भोगाइ र समस्या समाधानका उपाय

२०७८ फागुन ८, आईतबार मा प्रकाशित ( साल अघि) ११७३ पाठक संख्या

सुभद्रा भण्डारी
अस्ट्रिया, ७ फागुनः गत आईतवार अष्ट्रियाको भियनामा रहेका नेपाली महिलाहरूको उपस्थितीमा, अष्ट्रिया वसाईको क्रममा आईपरेका विविध भोगाईहरू, समस्या समाधानका विविध उपायाहरू तथा जीवनका आईपरेका विविध चुनौतीहरूका वारेमा आ– आफ्नो अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

1645311159682

सुजता सेन्चुरीको अध्यक्षता तथा लक्ष्मी गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न ऊक्त कार्यत्रम, आप्रवासी महिलाहरूका लागि अष्ट्रियन सरकारको गृहमन्क्रालयद्वारा लक्षित महिलाहरूको कार्यत्रम अन्तर्गत रहेको थियो ।

1645311150242

आप्रवासी महिलाहरूका लागि अष्ट्रियन सरकारको गृहमन्त्रालयअन्तर्गत प्राप्त हुने सूचना तथा सहयोग नेपालीहरूमाँझ पुर्याउन ऊक्त कार्यत्रमको परामर्श समुहका सहजकर्ता सुजता सेन्चुरीले कार्यक्रमको वारेमा विस्तृत जानकारी गराउदै इच्छुक चार जना दिदिवहिनीहरूलाई उक्त प्रोजेक्टमा आवद्द भई सहकार्य गर्नको लागि नाम टिपाउन आव्हान गरिएको थियो ।
एन आर एन ए अष्ट्रिया महिला फोरमसंग (आवश्यक) सहकार्य तथा फोरम ग्रुपवाट सुचना प्रवाह गर्दै उक्त प्रोजेक्टलाई अगाडी वढाईने जनाईएको छ । हरेक महिनाको अन्तिम आईतवार ऊक्त कार्यत्रमको वारेमा जानकारी तथा अन्य विविध विषयमा छलफल तथा सहकार्यको लागि समय निर्धारण गरिएको छ भने ऊक्त कार्यत्रम समाजसेवी निलम सेन्चुरीले संचालन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु