२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

इन्सद्वारा विश्व महिला सशक्तीकरण सम्मेलन तेस्रो संस्करणको आयोजना गरिने

२०७८ चैत्र १०, बिहिबार मा प्रकाशित ( साल अघि) ११०६ पाठक संख्या

सीता अधिकारी
सिमरा, १० चैतः अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले विश्व महिला सशक्तीकरण सम्मेलन गर्ने भएको छ । इन्सद्वारा आयोजित महिला सशक्तिकरणसम्बन्धीको यो तेस्रो सम्मेलन हो ।इन्स महिला समितिले आउँदो चैत १२ र १३ गते (मार्च २६ र २७) मा हुन लागेको सम्मेलनलाई पाँच चरणमा विभाजन गरी कार्यक्रम तय गरेको छ ।
1648104951984

विश्वमा रहेका सशक्त महिलाहरुको उपस्थितिमा सम्मेलन गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । वरिष्ठ समाजसेवी भद्राकुमारी घलेको प्रमुख अतिथ्यता रहने कार्यक्रममा दुई जना नेपाली मूलका महिला र दुई जना अन्तर्राष्ट्रिय महिला सशक्तिकरणका विशेषज्ञ तथा एक दर्जन सुप्रसिद्ध रचना वाचकलाई सहभागीता गराएर सम्मेलन गरिने इन्स महिला समितिका अध्यक्ष डा. रेणुका सोलुले बताउनुभयो । कार्यक्रममा अष्ट्रियाबाट बालकलाकार निहारिका खड्काको स्वागत नृत्य रहनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु