२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

जीतपुर सिमरा वडा २ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेद्वार मतदाताको घरघरमा

२०७९ बैशाख २०, मंगलबार मा प्रकाशित ( साल अघि) १७२० पाठक संख्या

 

सिमरा, २० बैशाखः स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमाले जीतपुरसिमरा वडा नं २ ले आफ्नो घरदैलो अभियानलाई तीव्र रूपमा सन्चालन गरिरहेको छ भने बैशाख ३० गते हुने निर्वाचनमा धेरै भन्दा धेरै मत ल्याउन वडाका प्रत्येक घरघरमा पुग्ने उद्देश्यले घरदैलो अभियानलाई तीव्र पारिएको वडा नं २ का वडा कमिटी अध्यक्ष रबिन्द्र खकुरेले जानकारी दिनुभयो । बैशाख १७ गते बाट सुरूभएको घरदैलो अभियान अन्तर्गत रेल्वे लाईन,मुसर्नीमाई,कृष्णमन्दिर,शान्तिनगर,हरियाली,प्रभात,फुलवारी,छठिमाई र जानकीटोलमा घरदैलो अभियान सम्पन्न भएको समेत खकुरेलले जानकारी दिनुभयो ।

1651578669815

घरदैलो अभियान मार्फत प्रत्येक वडा बासिको घरदैलोमै पुगेर मत माग्दा वडामा रहेका समस्या र मतदाताको आवश्यकता बुझ्न अझ सजिलो भएको वडा अध्यक्षका उमेदवार धन बहादुर श्रेष्ठले बताउनुभयो । २०७४ मा वडा नं २ को वडा सदस्यमा निर्वाचित भएर आफूले सकेको वडा बासिको सेवा गरेका कारण मतदाताको सकारात्मक प्रतिक्रिया पाएको र यसबाट आफू जित्नेमा ढुक्क रहेको समेत श्रेष्ठले बताउनुभयो । घरदैलो अभियानमा वडा अध्यक्ष उमेदवार श्रेष्ठ सहित,वडा सदस्यहरू उद्धव प्रसाद गौतम ,बिशाल प्रसाद घिमिरे, मिरा देवी ढकाल, लक्ष्मी बिश्वकर्मा लगायत वडा कमिटी ,पार्टि सदस्य,शुभचिन्तक, स्थानीयको सहभागीता रहेको छ । कुल ५१५१ मतदाता रहेको वडा नं २ मा एमालेसहित,काङ्ग्रेस,माओवादी,लोसपा, र राप्रपाले उमेदवारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु