२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

जनप्रतिनिधिले गरे सपथ ग्रहणसँगै पदभार ग्रहण

२०७९ जेष्ठ ९, सोमबार मा प्रकाशित ( साल अघि) १८६५ पाठक संख्या

सिमरा, ९ जेठः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले आज सपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् । उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले उपप्रमुख भोला अधिकारी सहित २४ वटै वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।

1653318383277

सपथ ग्रहणपछि वडाध्यक्ष सहितको जनप्रतिनिधिहरु आफ्नो वडामा पुगी पदभार समेत ग्रहण गरेका थिए ।

 

1653316582516

माइन्युट हस्तान्तरण
निवर्तमान मेयर कृष्ण पौडेलले नवनिर्वाचित मेयर राजन पौडेललाई आफ्नो कार्यकालमा भएका सम्पूर्ण बैठक तथा कामहरुको अभिलेख, निर्णय तथा माइन्युट हस्तान्तरण गर्नुभयो ।

1653318319941

निवर्तमान मेयरलाई सम्मान तथा विदाइ

जनप्रतिनिधिहरुको सपथ ग्रहणसँगै जीतपुरसिमरा उपमहानगरालिकाका निवर्तमान नगरप्रमुख कृष्ण पौडेलशलाई सम्मानका साथ विदाइ गरिएको छ । निवर्तमान नगरप्रमुख कृष्ण पौडेललाई नवनिर्वाचित नगरप्रमुख राजन पौडेलले मायाको चिनो प्रदान गरी ससम्मान विदाइ गरिएको हो ।

1653318350507

कार्यक्रमको सञ्चालन

जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा संविधान सभासदस्यहरु ज्वाला साह, जयराम दाहाल,दीलमाया धामी, कलावती पासवान, पुरुसोत्तम पौडेल प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुगं, शोभा लामा, निवर्तमान मेयर कृष्ण पौडेल, निर्वाचन अधिकृत टिकामणि न्यौपानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उपमहानगरका प्रमुख प्रशासकीय प्रमुख चेतप्रसाद पोख्रलले गर्नुभएको थियो ।

आगामी १५ गतेसम्म कार्यपालिकाको निर्वाचन

जीतपुरसिमरा उपमहानगरपालिकाका निर्वाचन अधिकृत टिकामणि न्यौपानेले आगामी जेठ १५ गतेसम्म कार्यपालिकाको निर्वाचन सक्ने बताउनुभएको छ । ५ जना महिला सदस्य र ३ जना अल्पसंख्यक तथा दलित सदस्यका लागि १५ गतेसम्म निर्वाचन सक्ने तयारी गरिरहेको न्यौपानेले बताउनुभएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु