२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

अपांग सेवा सँघ बाराको अध्यक्षमा गंगाप्रसाद वाग्ले सर्वसम्मत चयन

२०७९ जेष्ठ १४, शनिबार मा प्रकाशित ( साल अघि) १५९३ पाठक संख्या

सीता अधिकारी

सिमरा, १४ जेठः अपांग सेवा सँघ बाराको अध्यक्षमा गंगाप्रसाद वाग्ले सर्वसम्मत चयन हुनुभएको छ । सँघको सातौँ अधिवेशनले वाग्लेलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । त्यसैगरी सर्वसम्मत निर्णयबाट उपाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना, सचिवमा सुनिलकुमार यादव,सहसचिवमा कमला चौलागाइँ र कोषाध्यक्षमा शंकरप्रसाद दहाल निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा चन्दाकुमारी साह, गोदावरी कुमारी साह, रन्जिता साह, सुधिर चौधरी, प्रयाग महतो, मोहनलाल पुडासैनी, जीतेन्द्रप्रसाद पटेल र रामाननद साह सर्वसम्मत चयन हुनुभएको छ ।

कार्यक्रम उद्घाटन
अपांग सेवा सँघ बाराको सातौँ अधिवेशनको उद्घाटन जीतपुरसिमरा उपमहानगरपािलकाका नगरप्रमुख राजन पौडेलले गर्नुभयो ।

1653739648881

सँघका अध्यक्ष धनप्रसाद बजगाइँको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपप्रमुख भोला अधिकारी, नेपाली काँग्रेसका नगरसभापति छवी शर्मा, वडा नं १ का वडाध्यक्ष हिराबहादुर गुरुगं, वडा नं ४ का वडाध्यक्ष भोजबहादुर खत्री, वडा नं २ का वडा सदस्यहरु विशाल घिमिरे, लक्ष्मी विक, ढकाल, सिमरा कलेजका संचलक समितिका अध्यक्ष अच्युतदेव सिटौला, नेरामावि सिमराका प्रधानाध्यापक शंकरकुमार आचार्य, डुमरवाना माविका अक्षय चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गंगा वाग्लेले गर्नुभएको थियो ।
त्यसैगरी वन्द सत्रमा अपांग सेवा सँघ बाराका सदस्य मधेषप्रदेश सदस्य शोभा लामाको विशेष उपस्थिति रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु