२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

जीतपुर सिमराले गर्यो दरबन्दी मिलान, एक जनाबाहेक अधिकाँश २०७० पछिका

२०७९ भाद्र २८, मंगलबार मा प्रकाशित ( साल अघि) २०७३ पाठक संख्या

सिमरा, २८ भदौ ःजीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले नगर क्षेत्र भित्र रहेका विद्यालयहरुको २७ शिक्षकको दरबन्दी मिलान गरेको छ । उपमहानगरपालिकाको कार्यालयले माध्यमिक तहका एक, निम्न माध्यमिक तहका दुई र प्राथमिक तहका २४ शिक्षकको दरबन्दी मिलान गरेको हो ।

शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ अन्तर्गत दरबन्दी मिलान गरिएसंगै रिक्तबाहेक हाल अध्यापन गराईरहेका २२ शिक्षकको सरुवा भएको छ । उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत हरिश भट्टका अनुसार २०७८ कार्तिक १४ को निर्णयलाई कार्यान्यवन गर्ने क्रममा दरबन्दी मिलान गरिएको हो ।
ऊक्त निर्णय कार्यान्यवन गर्ने त्रममा उपमहानगरपालिकाले २०७८ पुस १ गते सूचना जारी गर्दै अध्यापनरत शिक्षकसँग दरबन्दी मिलानका लागि निवेदन माग गरेको थियो । कार्यालयमा निवेदन परेका र नपरेका गरी २२ जना शिक्षकलाई दरबन्दीअनुसार मिलान गरिएको शिक्षा अधिकृत भट्टले बताउनुभयो ।
भट्टले हाल विभागको पत्रानुसार दरबन्दी मिलान गरिएको र अब विषयगत शिक्षक दरबन्दी मिलानको कार्यविधि बनाएर अघि बढ्ने बताउनुभयो ।अधिकाँश वि सं २०७० पछिका नियुत्ति भएका शिक्षक दरबन्दी मिलानमा परेका छन् भने वि सं२०६३ सालमा नियुक्ति पाएकी औराहा माविमा कार्यरत प्रावि शिक्षक निमा धमला दरबन्दी मिलानमा पर्नुभएको छ ।
विषयगत शिक्षक दरबन्दी मिलानपछि शैक्षिक स्तरमा सुधार आउने बताउदै भट्टले त्यसपश्चात प्रध्यानाध्यापक छनौट कार्यविधि बनाउने जानकारी दिनुभयो । Received_379905221004530

Received_832604751233395

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%३%१%२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु