२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सामाजिक सुरक्षा कोषको पत्रकारसँग अन्तरक्रिया

२०७९ पौष २९, शुक्रबार मा प्रकाशित ( साल अघि) १२७० पाठक संख्या

 

सीता अधिकारी
सिमरा, २९ पुसः योगदानमा आधारित सामाजिक सुरक्षा कोषका बारेमा जानकारी दिनका लागि आज सिमरामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । सामाजिक सुरक्षा कोषले शुक्रबार सिमरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुसँग छलफल तथा कोषका बारेमा जानकारी गराइएको थियो ।

वि. सं २०७६ साउनबाट कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हालसम्म २८ अर्व रकम सञ्चित भैसकेको छ । जसमध्ये ५७ हजार ३ सय ४० जना श्रमिकहरुले दावी भुक्तानी पाइसकेको बताइइको थियो । यसमा दुई अर्व रकम दावी भुक्तानी गरिसकिएको जानकारी कार्यक्रममा गराइएको थियो ।
सामाजिक सुरक्षा कोषमा मधेस प्रदेशमा ८ सय २ रोजगारदाता कम्पनी आवद्ध भएका छन् भने १७ हजार ५ सय ७३ जना आवद्ध भैसकेका छन् । सामाजिक सुरक्षा कोष सिमरा शाखाका प्रमुख ऋषिराम पाण्डेको सभाध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा कोषका सहप्रवक्ता एवं उपनिर्देशक रोहित रेग्मीले योगदानमा आधारित सामाजिक सुरक्षा कोष आयको निरन्तरताको सुनिश्चितता भएको उल्लेख गर्नुभयो । उहाँले श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु कोषको उद्देश्य रहेको बताउनुभयो । यस्तै सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, हरेक नागरिकको मौलिक अधिकारका रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापित गरिनुपर्ने लगायतका कुराहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

सामाजिक सुरक्षा कोष ऐनले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजनालाई प्राथमिकता दिएको छ । यस्तै आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्न सक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको रेग्मीले बताउनु भयो ।

नेपाल ं पत्रकार महासंघ बारा तथा पर्सामा आबद्ध पत्रकारहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा कोषका सहायक निर्देशक केशवराज गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने कोषका प्रशासकीय अधिकृत दीपक सेढाइले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु