२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

प्रहरीको सुरक्षा घेराभित्र वर्थिंग सेन्टर शिलान्यास, गाउँमै प्रसुति सेवा लिन स्थानीय आतुर

२०७९ चैत्र १६, बिहिबार मा प्रकाशित ( साल अघि) ८०१ पाठक संख्या

सीता अधिकारी
सिमरा, १६ चैतः बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित हरपुरमा प्रहरीको सुरक्षा घेराभित्र वर्थिंग सेनटरको शिलान्यास गरिएको छ । वडा नं २४ को हरपुरमा बुधबार प्रहरीको सुरक्षाघेरा भित्र रहेर प्रसुति सेवा केन्द्र ( वर्थिंग सेन्टर) शिलान्यास गरी निर्माणको काम अघि बढाइएको हो ।

1680102645613
वडा नं २४ का वडाध्यक्ष सुल्तान अन्सारीका अनुसार जीतपुर सिमराले नगरस्तरीय बजेटबाट करिब एक करोड ५० लागतमा ५ कठ्ठा ११ धुर ९ कन्वा जग्गमा वथिंग सेन्टर निर्माण गर्न लागेको हो । गत वर्ष पनि स्वास्थय केन्द्र स्थापना गर्न भवन निर्माणको लागि बजेट छुट्याइएको भएपनि स्थानीयकै अवरोधका कारण कामले गति लिन नसकेको वडाध्यक्ष अन्सारीले बताउनुभयो ।

1680102782170

के हो त घटना ?
वर्थिंग सेन्टर भवन निर्माण हुन लागेको हरपुरको सो जग्गा गौचरको जग्गा हो, जसमा स्थानीय रामचनद्र यादवले २० वर्षदेखि जोतभोग गर्दै आएका थिए । वडा कार्यालयले सो जग्गाआफ्नो मातहतमा ल्याएर वर्थिंग सेन्टर निर्माण गर्न खोज्दा रामचन्द्र यादव लगायत केही स्थानीयले त्यस ठाउँमा राधाकृष्ण मन्दिर वनाउन वडाध्यक्षले रोकेको भन्दै हल्ला चलाएर धार्मिक सहिष्णुतामा आँच आउने काम गरेको बताइएको छ ।

1680102716665
करिब डेढ वर्षअघि देखि नै त्यस ठाउँमा वर्थिंग सेन्टर निर्माण गर्ने कुरा थियो । त्यसको लागि उपमहानगरले बजेट पनि छुट्याएको थियो । रामचन्द्र यादव पक्षले विभिन्न मुद्दामामला गरी अवरोध सिर्जना गर्दा प्रसुति सेवा केन्द्र निर्माण हुन नसकेको स्थानीय सुरेन्द्र यादवले बताउनुभयो ।

1680102833776
जिल्ला अदालत र उच्च अदालतमा मुद्दा दायर गर्दा पनि आफ्नो हार भएपछि हिन्दुमुस्लिमको विवादको हल्ला फिँजाएर रामचनद्र यादव पक्षधरले जग्गा हडप्ने नियत बनाएको निज यादवको आरोप छ ।

शिलान्यासमा झडप

1680149482259

उक्त प्रसुति सेवा केन्द्रको शिलान्यासका क्रममा झडप समेत भएको छ । प्रहरीले केही स्थानीयला नियन्त्रणमा समेत लियो । वडा मातहतको सावजनिक जग्गामा स्वास्थ्य सेवा केन्द्र निर्माण गर्न लाग्दा स्थानीय केही व्यक्तिले अवरोध सिर्जना गरेर ढुंगा प्रहार गरेपछि झडपको स्थिति आउको वडाध्यक्ष अन्सारीले बताउनुभयो । बुधबार नाप नक्सा गरेर प्रसुति सेवा केन्द्रको शिलान्यास गर्न खोज्दा केही स्थानीयले अवरोध सिर्जना गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
काम सुचारु

1680102617428
गाउँमा वर्थिंग सेन्टर नहुँदा समस्या भएको र राजमाार्गबाट अलि टाढा पर्ने भएकोले पनि तत्काल उपचार गर्न समस्या हुने गरेको स्थानीयले गुनासो गरे । गाउँमै सेवा केन्द्र स्थापना हुँदा महिला र बालबालिकाको स्वास्थ्य सुरक्षा गर्न सकिने हुँदा गाउँमा एउटा वर्थिंग सेन्टरको आवश्यकता भएको र सेवा लिन आतुर रहेको स्थानीयको भनाइ छ । घटनाको स्थिति सामान्य भएपछि निर्माणको काम धमाधम सुचारु भएको वडाध्यक्ष अन्सारले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु