२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

अक्षरामा चौँथो जिल्लास्तरीय स्क्र्याबल च्याम्पीयनसिप सम्पन्न, राष्ट्रिय च्याम्पीयनसिपका लागि ८ जना छानिए

२०८१ भाद्र ३०, आईतबार मा प्रकाशित ( महिना अघि) १३७ पाठक संख्या

सयपत्री समाचारदात
सिमरा, २९ भदौः स्क्र्याबल क्लब बाराले चौँथो जिल्लास्तरीय स्क्र्याबल च्याम्पीयनसिपको आयोजना गरेको छ । बाराको सिमरास्थित अक्षरा पाठशालामा भएको प्रतियोगिताको उदघाटन जीतपुर सिमरा नगर शिक्षा अधिकृत हरिश भट्टले गर्नुभएको हो ।
च्याम्पीयनसीपमा एउटा सामुदायिक विद्यालय र १५ वटा संस्थागत विद्यालयका गरी ३२ जना छात्रछात्राले भाग लिएका थिए । सन् १९४८ मा अमेरिकामा सुरु भएको स्क्र्याबल खेल नेपालमा पहिलोचोटी सन् २०१५मा अंग्रेजी शब्दका लागि सुरुवात गरिएको थियो ।
यो खेलले विद्यार्थीमा सिकाइप्रति उत्प्रेरणा जाग्ने, शब्दभण्डारको वृद्धि हुने, खेलखेलमै सिकाइ हुने, शब्दको हिज्जे मिलाउन सिकिने हुन्छ । स्क्र्याबल खेलको नेपाली रुपान्तरण नभइसकेपनि यो कोठेपद र शब्दजालजस्ता शब्द पनि प्रयोग गर्न सकिने बताइन्छ ।
स्क्र्याबल क्लबका संयोजक भोजराज सुवेदी स्वयंसेवी रूपमै काम गर्नुपर्ने भएपनि सिकाइका हिसावले यस खेलप्रति विद्यालय, शिक्षक, अभिभाावक तथा विद्यार्थीको आकर्षण रहँदै आएको बताउनुहुन्छ ।

यसैवीच प्रतिस्पर्धाबाट आगामी कात्तिकमा गुल्मीमा हुन लागेको राष्ट्रिय स्क्र्याबल च्यापियनम्पनसिपका लागि यस क्षेत्रका ८ जना बिध्यार्थीहरु छनोट भएका छन् ।
छनोट हुनेमा अक्षरा पाठशालाका कुशल लामिछाने, लोटस एकेडेमीकी व्योति कुमारी साह, ब्राइटर एकेडेमीका ईशान्त रेग्मी, नेरामावि सिमराका शुलभ कणर्, लोटस एकेडेमीकै निरन्जन साह, राष्ट्रिय विभूतिका विप्लभ श्रेष्ठ, सिमरा पब्लिकका सम्पदा लामा, पाथिभाराका प्रनिश पौडेल छनोट हुनुभएको छ ।
अक्षरा पाठशालाका छात्र कुशल लामिछाने सर्वोत्कृष्ट अंक प्राप्त गर्दै प्रथम हुनुभएको छ ।
यसैवीच लोटस एकेडेमीका छात्र निरन्जन साहलाई युथ अन्तराष्ट्रिय स्क्र्याबल भाग लिन जान लागेकामा शुभकामना प्रदान गरिएको थियो ।
अक्षरा पाठशालाका प्रधानाधयापक नरेन्द्र तामांगको अध्यक्षतामा भएको कार्यक्रममा लोटस एकेडेमीका संस्थापक प्रिन्सिपल रामप्रसाद अधिकारी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि, साथै
विद्यार्थीको.उपस्थिति रहेको थियो ।
कार्यक्रममा आयोजक विद्यालय अक्षराकी छात्रा सुवणर्ा रेग्मीको स्वागत मन्तव्य र विद्यालयका संस्थापक एवं शिक्षक ऋषि काफ्लेको सञ्चालन रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु