२०८२ भाद्र १०, मंगलबार
नयाँ
पछिला अपडेट

सूर्य नेपाल प्रालि सिमराको आर्थिक सहयोगमा अपांग सेवा संघले पायो आवासीय भवन

२०८२ भाद्र १०, मंगलबार मा प्रकाशित ( घण्टा अघि) ११६ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १० भदौः सूर्य नेपाल प्रालि सिमराको आर्थिक सहयोगमा निर्मित आवासीय भवनको दोस्रो तल्ला ट्रस भवन हस्तान्तरण तथा उद्घाटन गरिएको छ । मंगलबार नेपाल अपांग सेवा संघ, बाराको आवासीय भवनको दोस्रो तल्ला ट्रस भवन सूर्य नेपालले हस्तान्तरण तथा जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको हो ।
सूर्य नेपाल प्रालि सिमराले ३२ लाख रुपियाँको लागतमा निर्माण गरेको अपांग सेवा संघको आवासीय भवनको दोस्रो तल्लामा ८ कोठा रहेको अपांग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेले बताउनुभयो । उहाँले आवासीय भवन पाएपछि फरक क्षमता भएका बालबालिकाका लागि सहज हुने धारणा राख्नुभयो ।

IMG_20250826_201616
कार्यक्रममा सूर्य नेपालका उमेश जंग थापा, यज्ञहादुर आले, निरज मिश्र, आशिष अधिकारी, नेपाली काँग्रेसका नगर सभापति छविलालशर्मा, नेकपा एमालेका नगर अध्यक्ष त्रिलोक विक्रम ठकुरी, उद्योग वाणिज्य संघ जीतपुरसिमराका अध्यक्ष मोहन शर्मा लामिछाने, अपांग सेवा संघ बाराका सल्लाहकार श्रेष्ठ, नेरामावि सिमराका प्रधानाध्यापक शंकरकुमार आचार्य, लायन्स क्लब सिमरा जागरणका अध्यक्ष विनोद सापकोटा, नेरामावि औराहाका शिक्षक तथा समाजसेवी राजमणि बराललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा  सूर्य नेपाल प्रालिका तर्फबाट अपांग सेवा संघलाई भवन र ताला चाबी हस्तान्तरण गरिएको थियो भने दातालाई अपांग सेवा संघका तर्फबाट प्रमाण पत्रसहित सम्मान गरिएको थियो । नेपाल नेत्रहिन युवा संघका अध्यक्ष सुधिर चौधरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा शर्मिला वाइवाले दोभाषेको काम गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण ठाकुरप्रसाद ढुंगानाले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु