२०८२ आश्विन २८, मंगलबार
नयाँ
पछिला अपडेट

अन्तर्राष्टिय नेपाली समाजले विश्च नेपाली साहित्य सम्मेलनको आयोजना गर्ने

२०७८ बैशाख ३, शुक्रबार मा प्रकाशित ( साल अघि) ९७९ पाठक संख्या

सीता अधिकारी
सिमरा, ३ बैशाख
अन्तर्राष्टिय नेपाली समाज (इन्स) ले यही बैशाख १० र ११ गते विश्च नेपाली साहित्य सम्मेलनको आयोजना गर्ने भएको छ । नेपाली भाषा तथा साहित्यको विकास, संरक्षण, प्रवर्द्धन र अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यका साथ संसारभरका नेपाली भाषा तथा मातृभाषा साहित्यमा कलम चलाउने स्रष्टाहरूलाई समेट्दै भर्चुअल रूपमा सम्मेलनको आयोजना गर्न लागिएको अन्तर्राष्टिय नेपाली समाजका महासचिव अर्जुन श्रीले जानकारी दिनुभयो ।

सिमित स्रोत र साधनका बाबजुद इन्सले नेपाली भाषा, साहित्यका विविध आयामहरूलाई समेट्ने प्रयास गरेको बताइएको छ । प्राविधिक रूपमा यो सम्मेनलको आयोजक यस समाज भए पनि वास्तवमा यो वश्विभरका सबै नेपाली भाषा, साहित्यप्रेमीहरूको साझा कार्यक्रम भएको महासचिव श्रीले बताउनुभयो

यो सम्मेलनलाई सफलरूपमा सम्पन्न गराउन सबैको अहम् भूमिका रहने आशा र वस्विास राख्दै सहयोगको लागि इन्सले सबैसँग अपलिसमेत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु