२०८१ आश्विन ३, बिहिबार
नयाँ
पछिला अपडेट

प्रदेश २ कै उत्कृष्ट सिमरा कलेजमा एमबीएसको पढाइ सुरु, विद्यार्थी हर्षित

२०७८ आश्विन ६, बुधबार मा प्रकाशित ( साल अघि) ३५५२ पाठक संख्या

 

सिमरा, ६ असोजः प्रदेश २ मै उत्कृष्ट मानिएको सिमरा कलेजमा एमबीएसको पढाइ सञ्चालनमा आएको छ ।

1632323772378

आफ्नै गाउँठाउँमा मास्टर डिग्री पढ्न पाउने भएपछि सबै खुसी भएका छन् ।

1632323848186

त्रिभुवन विश्वविद्यालयले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिमरा कलेजलाई एम.बि.एस ( मास्टर अफ् बिजनेस स्टडिज) को कक्षा सञ्चालन गर्न स्वीकृति दिएपछि बुधबारबाट कक्षा सञ्चालनमा आएको हो ।
विद्यार्थीलाई अभिमूखीकरण
कक्षा सञ्चालनको पहिलो दिन एम.बि.एस भर्ना भएका छात्रछात्रालाई अभिमुखीकरण गरिएको छ । अभिमुखीकरण कार्यक्रम कलेज सञ्चालक समितिका अध्यक्ष मदनबहादुर क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

का

1632323877902

र्यक्रममा कलेजका संस्थापक अध्यक्ष भोला अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य एवं कलेज सञ्चालक समिति सदस्य शोभा कार्की, सञ्चालक समिति सदस्य एवं नेपाल राष्ट्रिय मावि सिमराका प्रधानाध्यापक शंकर आचार्य, शिक्षकहरूका तर्फबाट राजु कार्की र विद्यार्थीहरूका तर्फबाट चनदन चौधरीले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा सञ्चालक अच्युत सिटौला, ईश्वर ढुङ्गेल,मधुशुदन अधिकारी, शिक्षक प्रतिनिधि सन्चबहादुर दोङ, सहायक कलेज प्रमुख चन्द्रबहादुर लिम्बु, शुभारम्भ कलेजका प्रमुख अनिल चौधरी, अध्यापक द्वारिका उप्रेति, ,रामप्रसाद पौडेललगायत शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कलेज प्रमुख शालिकराम अधिकारीले गर्नुभएको थियो ।
विद्यार्थीलाई स्वागत तथा सम्मान
अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छात्रछात्रालाई कलेज सञ्चालक समिति र कलेज प्रशासनले स्वागत तथा सम्मान गरेको छ । उनीहरूलाई खादा ओढाइ डायरी र कलम उपहारसमेत दिइएको छ ।

1632323924555

२०७७ फाल्गुन ११ गते गोरखापत्रमा प्रकाशित गरिएको सूचनाको आधारमा एम.बि.एस कक्षा सञ्चालनको लागि सिमरा कलेजले प्रस्ताव पेश गरेका थियो र चैत्र ६ गते व्यवस्थापन सकाय विद्यापरिषद् स्थायी समितिको बैठकले सिमरा कलेजलाई एम.बि.एस कक्षा सञ्चालनको सम्भाव्यता अध्ययन सूचीमा राखी सम्भाव्यता अध्ययन समेत गरेको थियो । त्रि.विले २०७८ साउन १ गते एक सूचना जारी गर्दै सिमरा कलेजलगायत देशका २३ कलेज/क्याम्पसलाई शैक्षिक वर्ष २०७८/७९ देखि एम.बि.एस कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%१५%१%१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु