२०८१ श्रावण ८, मंगलबार
नयाँ
पछिला अपडेट

प्रदेशमै उत्कृष्ट सिमरा कलेजलाई मास्टर डिग्री सञ्चालनका लागि त्रि.विको सम्बन्धन

२०७८ श्रावण २, शनिबार मा प्रकाशित ( साल अघि) २५९३ पाठक संख्या

सिमरा, २ साउनः आफ्नै ठाउँमा मास्टर डिग्री पढ्ने तपाइँको सपना पूरा हुने भएको छ । अब मास्टर डिग्री पढ्न हेटौँडा, वीरगञ्ज र काठमाडौँ जस्ता ठाउँहरू धाउन नपर्ने भएको छ । प्रदेश नं २ मा नै उत्कृष्ट नतिजा ल्याउन सफल सिमरा कलेजलाई त्रिभुवन विश्वविद्यालयले मास्टर डिग्री सञ्चालनका लागि सम्बन्धन दिएपछि अव तपाइँको पढ्ने सपना पूरा गर्न अन्त जानै नपर्ने भएको हो ।

1626493367692

त्रिभुवन विश्वविद्यालयले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिमरा कलेजलाई एम.बि.एस ( मास्टर अफ् बिजनेस स्टडिज) को कक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ । सम्बन्धन प्राप्तिका लागि कलेजले प्रस्ताव पेश गरेको थियो ।
२०७७ फाल्गुन ११ गते गोरखापत्रमा प्रकाशित गरिएको सूचनाको आधारमा एम.बि.एस कक्षा सञ्चालनको लागि सिमरा कलेजले प्रस्ताव पेश गरेका थियो र चैत्र ६ गते व्यवस्थापन सकाय विद्यापरिषद् स्थायी समितिको बैठकले सिमरा कलेजलाई एम.बि.एस कक्षा सञ्चालनको सम्भाव्यता अध्ययन सूचीमा राखी सम्भाव्यता अध्ययन समेत गरेको थियो त्रि.विले २०७८ साउन १ गते एक सूचना जारी गर्दै सिमरा कलेजलगायत देशका २३ कलेज/क्याम्पसलाई शैक्षिक वर्ष २०७८/७९ देखि एम.बि.एस कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिएको छ । आफ्नै गाउँठाउँमा मास्टर डिग्री पढ्न पाउने भएपछि सबै खुसी भएका छन् ।

हेर्नुहोसः सूचना

1626492508925 (1)

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१८%३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु