२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

कृषिलाई व्यवसायमुखी बनाउन प्रदेश २ का कृषिमन्त्री साहको भनाइ

२०७८ बैशाख ६, सोमबार मा प्रकाशित ( साल अघि) १०१९ पाठक संख्या

बिदुर खडका बारा
किसानहरूले निर्बाहमुखी खेतिभन्दा व्यवसायमूलक खेति गरेर प्रदेशलाई सम्बृद्धितर्फ लैजानु पर्नेमा कृषि सहकारी मंन्त्री शैलेन्द्र साहले जोड दिनुभएको छ । प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मंन्त्री शैलेन्द्र साहले बिगतमा प्रदेश २ का किसानले उब्जाएको खाद्यान्न बिदेशमा निर्यात गरिन्थो भने हाल आएर आयत गर्ने अवस्था आएको बताउनुभएको छ ।मंन्त्री साहले साना किसान कृषि सहकारी संस्था डुम्मरवाना मौलापुरका कृषि उपज भंन्डारण पुर्बधार निर्माण केन्द्रको शिलान्यास कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।
साहले सरकारप्रति इङ्गित गर्दै समस्यामाथि समस्या भोगिरहेका किसानहरूले बिगतदेखि भन्दै आएको कृषिप्रधान देश नभएर अब कृषकप्रधान देश भएको टिप्पणी गर्नुभयो । साहले सहकारीको माध्यमबाट समाज र सँस्कृति बदल्न सक्ने मात्र नभै सरकारको तीनखम्बे अर्थतन्त्रको नीतिअनुसार सहकारीले प्रदेशलाई आर्थिक संम्बृद्धितर्फ अघि बढ्न सहयोग हुने बताउनुभएको छ ।
प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा निर्माण हुन लागेको ५० लाख बराबर कृषि उपज भंन्डार शिलान्यास कार्यक्रममा बारा क्षेत्र नं ३ ख, का प्रदेश सदस्य पारस साह, बारा २ ख, का प्रदेश सदस्य बच्चा यादब, जसपाका बारा नेता कार्यक्रता र बिभिन्न पार्टि प्रतिनिधिहरू को उपस्थिती रहेको थियो
संस्थाका भन्डार निमार्ण संयोजक प्रदीप बरालले स्वागत गरेको कार्यक्रमको संञ्चालन मुख्य प्रबन्धक नारायण क्षेत्रीले गर्नुृभएको हो भने अध्यक्षता कृर्षि सहकारि संस्थाका अध्यक्ष बिश्वनाथ लामिछानेले गर्नुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु