२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अन्तर्राष्टिय नेपाली समाज (इन्स) द्वारा आयोजित ३ दिने विश्व नेपाली साहित्य सम्मेलनको पहिलो दिन विविध कार्यक्रमको आयोजना

२०७८ बैशाख ११, शनिबार मा प्रकाशित ( साल अघि) १०२५ पाठक संख्या

उद्घाटन सत्र
अन्तर्राष्टिय नेपाली समाज (इन्स) द्वारा आयोजित ३ दिने विश्व नेपाली साहित्य सम्मेलनको पहिलो दिन उद्घाटन सँगै विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपाली भाषा तथा साहित्यको विकास, संरक्षण, प्रवर्द्धन र अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यका साथ संसारभरका नेपाली भाषा तथा मातृभाषा साहित्यमा कलम चलाउने स्रष्टाहरूलाई समेट्दै भर्चुअल रूपमा सम्मेलनको आयोजना गरिएको हो ।
कार्यक्रममा पोखरा विश्व विद्यालयका उपकुलपति प्रा डा. प्रेमनारायण अर्यालले भोजपुरी भाषामा लेखिएको कविता सुनाउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रा.डा. तुलसी भट्टराई, अनेसासका बोर्ड अफ टष्टिजका अध्यक्ष गीता खत्री, अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल, गैर आवासीय नेपाली सँघका भाषा साहित्य विज्ञ हिक्मत थापाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता अन्तर्राष्टिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरेले गर्नुभएको थियो । महासचिव अर्जुन श्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष ईश्वर राईले कार्यक्रममाथि प्रकाश पार्नुृभएको थियो भने महिला समिति महासचिव शुभद्रा भण्डारी थापाले स्वागत गर्नुभएको थियो ।
कविका कुरा
अन्तराष्टिय नेपाली समाजले आयोजना गरेको विश्व साहित्य सम्मेलनको पहिलो दिनको दोस्रो सक्रमा कविका कुरा कार्यत्रम सञ्चालन गरिएको छ । अन्तराष्टिय नेपाली समाज महिला समितिका सचिव लिली अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ कवि सरुभक्तले समसामयिक कविता वाचन गरेर सुनाउँदै ‘नेपाली कविता सिर्जना ःअनुभूतिका बहारहरू’ विषयवस्तुमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । त्यस्तै अर्का वरिष्ठ कवि उपेन्द्र सुब्बाले ‘कवितामा मौलिक बिम्बको प्रयोग’ विषयवस्तुमा आधारित रहेर आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।
कविता विशेष सत्र
अन्तराष्टिÇय नेपाली समाजले आयोजना गरेको विश्व साहित्य सम्मेलनको पहिलो दिनको तेस्रो सक्रमा कविता विशेष सत्र कार्यत्रम सञ्चालन गरिएको छ । अन्तराष्टिÇय नेपाली समाज महिला समितिका महासचिव सुभद्रा भण्डारी थापा र अर्का सदस्य सीता थुलुङले संयोजन गर्नुभएको कार्यक्रममा विषयविज्ञ डा. गीता त्रिपाठीले ‘नेपाली कविता ः बदलिँदो परिवेश’ शीर्षकमा आधारित रहेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जयन्ती मगर, स्वप्निल स्मृति, पुण्य कार्की, टीका आत्रेय, सुदेश सत्याल, महेश कार्की क्षितिज, लीला राना मगर, दीप सुदीप, असीम सागर, जीवन चाम्लिङ , विक्रम याक्खालगायतले आ आफ्ना रचना वाचन गर्नुभएको थियो ।
लोक साहित्य विशेष सत्र
अन्तराष्टिय नेपाली समाजले आयोजना गरेको विश्व साहित्य सम्मेलनको पहिलो दिनको चौथो सक्रमा लोक साहित्य विशेष सत्र कार्यत्रम सञ्चालन गरिएको छ । कार्यक्रमको सुरुमाा दुर्गा भवानी भट्टले लोक गीत सुनाउनुभएकाो थियो । कार्यक्रममा डा. प्रभा भट्टराईले ‘नेपाली लोक साहित्य ः पुनरावृत्तिका आभासहरू’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
पहिलो दिनको समीक्षा
समग्रमा कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको सबैको टिप्पणी रह्यो । विशेष गरेर विषयगत कार्यपत्रहरू असाध्यै प्रभावकारी थियो । समीक्षात्मक रूपमा अन्तराष्टिय नेपाली समाज महिला समितिका अध्यक्ष डा. रेनुका सोलुको रचनात्मक समालोचनाले आगामी दिनको कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउन हौसला मिलेको पाइन्छ । कार्यक्रम अवधिभर समाजका अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत आयोजक टिमको सक्रियता सराहनीय र प्रशंसनीय रह्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु