२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

आमा दिवसमा आमाका कुराः अनुभूति विशेष कार्यक्रम

२०७८ बैशाख २५, शनिबार मा प्रकाशित ( साल अघि) ६४० पाठक संख्या

सिमराः आमा दिवस विशेष कार्यक्रममा आमाकै अनुभूति र विशेष कुराकानीमा आधारित हुने भएको छ । आगामी आइतबार अर्थात वैशाख २६ मा अन्तराष्ट्रिय नेपाली समाज (इन्स ) महिला समितिको विशेष आयोजनामा आमा विशेष कार्यक्रम हुन लागेको हो । कार्यक्रम नेपाली समयानुसार साँझ पाँच बजे सुरु हुनेछ ।
कार्यक्रममा नेपालबाट विभिन्न महिला व्यक्तित्वहरूको सहभागिता रहनेछ । कार्यक्रममा चितवनबाट पद्मा अधिकारी, नेपालगञ्जबाट सुशीला शर्मा, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक गीता खनाल र नुवाकोटबाट उमाकुमारी भण्डारीले आफ्ना अनुभूतिहरू राख्नु हुने अन्तराष्ट्रिय नेपाली समाज (इन्स )महिला समितिका अध्यक्ष रेनुका ‘सोलु’ले जानकारी दिनुभयो । कार्यक्रममा शुभद्रा भण्डारी, सोम ‘अनुराग’ , लिली अधिकारी र दीक्षा भण्डारीले सहजीकरण गर्नुहुनेछ ।
त्यस्तै, कार्यक्रममा आमासम्बन्धि विभिन्न साहित्यिक रचना वाचन पनि गरिने छ । कार्यक्रम जुम अनलाइनमार्फत गरिनेछ भने कार्यक्रमलाई फेसबुक लाइभमा पनि हेर्न सकिनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु