२०८२ माघ २८, मंगलबार
नयाँ
पछिला अपडेट

महामारीको पीडाले आक्रान्त नेपालीलाई मल्हम लगाउन इन्सद्वारा कार्यदल गठन

२०७८ जेष्ठ १, शनिबार मा प्रकाशित ( साल अघि) १६२१ पाठक संख्या

महामारीको पीडाले आक्रान्त नेपालीलाई मल्हम लगाउन इन्सद्वारा कार्यदल गठन
सीता अधिकारी
जेठ १ः अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) ले महामारीका वीचमा सहयोग, सहकार्य तथा आर्थिक संकलन र वितरण गर्न एक कार्यदल गठन गरेको छ । शुक्रबार भएको भर्चुवल बैठकले कार्यदल गठन गरेको इन्सका अध्यक्ष अर्जुन घिमिरेले जानकारी गराउनुभयो । जहिले पनि नेपालका लागि र जहाँ पनि नेपालीका लागि भन्ने मूल नाराका साथ स्थापना भएको इन्सले कोभिड १९ जस्तो महामारीबाट नेपाल र नेपालीलाई जोगाउन तथा पीडामा मल्हम पट्टी लगाउन कार्यदल गठन गरी कार्य सुरु गरेको इन्सका महासचिव अर्जुन श्रीले बताउनुभयो ।
अन्तरराष्ट्रिय कार्य समितिका उपाध्यक्ष डा. स्वामी कृष्णको संयोजकत्वमा गठित कार्यदलमा महिला समितिका अध्यक्ष डा. रेणुका सोलु, भाषा साहित्य समितिका अध्यक्ष डा. जानुका पौडेल, विज्ञान तथा प्रविधि समितिका अध्यक्ष डा. किस्मत भण्डारी, राष्ट्रिय समिति नेपालका अध्यक्ष चन्द्रकुमार फुयाल, राष्ट्रिय समिति पोर्चुगलका अध्यक्ष कमल खड्का, राष्ट्रिय समिति स्पेनका अध्यक्ष तुलसी घिमिरे, राष्ट्रिय समिति मलेसियाका अध्यक्ष राजु तामाङ, राष्ट्रिय समिति जर्मनीका अध्यक्ष सुमन बस्नेत, राष्ट्रिय समिति इजरायलका अध्यक्ष रमेश जोशी सदस्य रहनुभएको छ ।,

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु